२०८१ माघ ९ गते बुधबार
२०८१ माघ ९ गते बुधबार

लगनगाँठोमा कसिदै नेपाली क्रिकेटका दाजुभाइ आरिफ र आसिफ शेख

 नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेखले एकैदिन विवाह बन्धनमा बाँधिन लागेका छन्।

वीरगन्ज महानगरपालिका १२ मुली नयाँ टोलका निवासी यी क्रिकेट खेलाडीहरू आगामी पौष २० गते आफ्ना समुदायका युवतीहरूसँग मागी विवाह गर्दैछन्।

पारिवारीक स्रोतका अनुसार दुबैजना दाजुभाई आफ्नो समुदायका युवतीसंग मागी विवाह गर्न थालेका छन । गएको पौष ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगीता सकिएपछि उनीहरु घरमा बिहेको तयारीमा जुटेका छन ।

दाजुभाइको विवाहका लागि परिवारमा चहलपहल बढेको छ। हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) पछि उनीहरू विवाह तयारीमा जुटेका छन्। आरिफ सुदूरपश्चिम रोयल्सको तर्फबाट उपविजेताको रूपमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे भने आसिफ जनकपुर बोल्ट्सका कप्तानीका रूपमा उपाधि जित्न सफल भए। दुवै दाजुभाइ आफ्ना आफन्त, साथीभाइ, र चिनजानका व्यक्तिहरूलाई निमन्त्रणा बाँड्न व्यस्त छन्।

यस्तै फुर्सदको समयमा घर नजिक नै रहेको नारायणी खेल मैदानमा पनि देखिन थालेका छन । २६ बर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउण्डर खेलाडी हुन । उनी सन २०१४ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरको खेल खेल्न थालेका छन । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन ।

२३ बर्षीय आफिस शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेट किपरको रुपमा खेल्ने खेलाडी हुन । आसिफ उनी सन २०२१ देखि २०२४ सम्मको अन्तरराष्ट्रिय करियरमा खेल्न थालेका छन ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।