काठमाडाँ, ३ असोज । संबिधान दिवस मूल समारोह समितीले काठमाण्डौको टुडिखेलमा संबिधान दिवस मनाएको छ । उक्त शिषेश समारोहमा राष्ट्रपति देखि प्रधानमन्त्री सम्मको उपस्थिती रहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।
नेपाली सैनिक मञ्च,टुडिखेलमा आज बिहान आयोजित सो विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी भएका थिए ।
उता मधेशमा भने संबिधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय गरेका मधेश केन्द्रित दलले आज कालो दिनको रुपमा स्मरण गरिरहेका छन् । आफ्ना हक अधिकार संबिधानमा सुरक्षित नभएको भन्दै मधेश केन्द्रित दलहरु आन्दोलन गरिरहेका छन् ।