लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौमा ।

0
728

काठमाडौँ, ६ असोज । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिद्वारा आयोजित लैङ्गिक समानता तथा सामाजिक न्यायसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

आजदेखि राजधानीमा सुरु भएको सम्मेलनमा नेपालसहित भुटान, म्यानमार तथा डेनमार्कका सांसद तथा सो क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्मेलनमा भुटानका निर्माण तथा मानवीय बस्तीसम्बन्धी मन्त्री ल्यान्पो दोर्जी छोडेनसहित त्यहाँको १५ जना सांसद, म्यानमारका खिन स वाईसहित १० सांसद तथा डेनमार्कका सांसदको सहभागिता रहेको छ । नेपालका तर्फबाट सो समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित सांसदले भाग लिइरहनुभएको छ ।

सम्मेलनमा सहभागी देशमा लैङ्गिक समानता तथा सामाजिक न्यायसम्बन्धी संवैधानिक प्रावधान, कार्यान्वयनका अवस्था र चुनौतीका विषयमा अनुभव आदानप्रदान गर्नुका साथै काठमाण्डौ घोषणापत्रसमेत जारी गर्ने कार्यक्रम रहेको छ ।