बिराटनगरमा पुस्तक पढ्ने मान्छे पाउनै मुस्किल !

0
351

बिराटनगर, ६ असोज । विराटनगरको कलेज रोडस्थित साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ ।

नेपाली भाषा र साहित्यको विकासमा योगदान पु¥याउँदै आएको साझाको सो कार्यलयबाट पुस्तक बिक्री हुन छाडेकाले बन्द गर्न लागिएको हो ।

साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा भने बिक्री बितरणका काम ठप्प भएकाले सो कार्यालय बन्द गर्नाको विकल्प नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “साझाले पुस्तक प्रकाशन गरी बिक्री गरेर आम्दानी गर्ने हो तर विराटनगर शाखा सधैँ घाटामा छ ।”

व्यवस्थापकीय कमजोरीका कारण कार्यालय घाटामा गएकाले यहाँको क्षेत्रीय कार्यालय धरानमा सार्ने उल्लेख गर्दै उहाँले धरानको कार्यालय अझैपनि आत्मनिर्भर छ तर यो कार्यालय सधँै घाटामा रहेकाले हाजिर गराएर मात्र कर्मचारी पाल्न नसकिने उहांको भनाई थियो ।

विराटनगरसँगै दाङ, बुटवल र वीरगन्जको कार्यालय पनि बन्द गर्ने निर्णय साझाले गरेको छ ।