२०८१ माघ २ गते बुधबार
२०८१ माघ २ गते बुधबार

तिब्बत भूकम्प : नेपालमा १३ जना घाइते, ११ घर भत्किए

मंगलबार बिहान चीनमा केन्द्रविन्दु भएर गएको भूकम्पले नेपालमा समेत सामान्य क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा घरमा पूर्ण क्षति भएको छ भने ११ वटा घरमा सामान्य क्षति पुगेको छ ।

ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं सिन्धुपाल्चोक र रामेछापमा भूकम्पले क्षति पुर्‍याएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुङ्गामा भूकम्पले दुई वटा घरमा सामान्य र एउटा घरमा पूर्ण क्षति तुल्याएको छ । सोलुखुम्बुमा पाँच वटा घरमा क्षति गरेको छ ।

संखुवासभा, सिन्धुपाल्चोक र रामेछापका एकरएक घरमा सामान्य क्षति पुगेको छ ।

प्रहरी मुख्यालयका अनुसार काठमाडौंसहित तीन जिल्लाहरू क्रमशः काभ्रे र सिन्धुपाल्चोकमा गरी १३ जना घाइते भएका छन् ।

प्रहरीले घाइते सबैको उद्धार गरेको छ । चीनको डिङ्गीमा मंगलबार बिहान ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।