लोकमानलाई कांध हाल्न नसकीने कांग्रेस सभापति देउवाको उद्धघोष,शाही आयोगले भन्दा धेरै तर्साएको ठहर ।

0
665

कात्तिक, ४ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने बिषयमा प्रधानमन्त्रीले आफुलाई वाइपास गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

बिहिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफुले एक्कासी महाअभियोग प्रस्तावको बारेमा जानकारी पाएको भन्दै अब यसको बिषयमा कांग्रेसले आधिकारीक धारणा बनाउने बताउनु भएको छ ।
अख्तियार प्रमुख कार्कीले शाही आयोगले भन्दा बढी तर्साएको र संस्थालाई नै ध्वस्त पारेको आरोप भन्दै उनको रक्षा गर्न गाहे हुने बताएका छन्।

अहिले जनमत लोकमानविरुद्ध रहेको भन्दै देउवाले त्यसलाई पार्टीले पनि सोच बिचारका साथ निर्णय गर्ने बताएका छन् । आवेगमा नभई जिम्मेवार भएर निर्णय लिनुपर्ने भन्दै देउवाले बैठकमा आआफ्नो धारण राख्न केन्द्रिय सदस्यहरुलाइृ आग्रह गरेका थिए । बिहिबारको बैठकमा नेता बिमलेन्द्र निधिले स्थानिय तहको पुनसंरचना गर्दा गम्भीर हुनु पर्ने धारण राखेका थिए भने कृष्ण प्रसाद सिटौला र गगन थापाले महामन्त्री शशांक कोइरालाको हिन्दु राज्य सम्बन्धी धारणको आलोचना गरेका थिए । रामकृष्ण यादवले धने संशिधान संशोधनको बिषयमा पार्टिले स्पष्ट धारण बनाउनु पर्नेमा जोड दिएका थिए । बैठक शुक्रबार बिहान ११ बजे पुन बस्नेछ ।