२०८१ माघ ३ गते बिहीबार
२०८१ माघ ३ गते बिहीबार

१८ अंकले घट्यो नेप्से

काठमाडौं– विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ । 

आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ । 

आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७३ हजार ३०९ पटक शेयर किनबेच भएको छ । 

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

दिनभरमा १३ वटा समूहमध्ये होटल तथा पर्यटन बाहेक सबै समूह राताम्य भएको छ । आज होटल तथा पर्यटन समूह ०.९९ प्रतिशतले बढेर ६ हजार ६९६.३५ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह २.९३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअवल फण्ड समूह ०.२१ प्रतिशतले घटेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।