महाअभियोग प्रस्ताव प्रति माओबादि केन्द्रमा असन्तुष्टि, अन्तीम निर्णय गर्ने अधिकार प्रचण्डलाई ।

0
534

काठमाडौँ, ६ कात्तिक । नेकपा माओवादी केन्द्रका कतिपय सदस्यले महाअभियोग प्रस्ताव दर्ता गर्दा अपनाइएको शैली ठिक नभएको भन्दै आलोचना गरेका छन् । पार्टि भित्र आन्तरीक छलफल समेत नगरी प्रस्ताव आएकोमा सदस्यहरुले असन्तुटि राखेका हुन् । माओबादि केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा थप निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

बैठक महाअभियोग दर्ता भएपछिको राजनीतिक अवस्था र त्यसको प्रभावको विषयमा केन्द्रित रहेको उहाँले बताउनु भयो ।

बैठकमा महाअभियोगको पक्षमा अन्य दलसँग आवश्यक छलफल गर्ने सहमति भएको छ ।