सामाजिक सञ्जालको दुरुपयोग बिरुद्ध चितवनमा र्याली ।

0
1075

सामाजिक सञ्जालको दुरुपयोग बिरुद्ध चितवनमा र्याली । चितवन, १० कात्तिक । दिनानुदिन बढ्दै गएका सामाजिक सन्जालका माद्यमको बिकाश भन्दा बिक्रिति हुने क्रम बढि देखिएपछि आम जनमानसमा नकरात्मक पक्षको असर पररिहेको छ। जसका कारण विकृति बढेको भन्दै महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील चितवनका सङ्घ संस्थाले आज बृहत् सचेतना ¥याली निकालेका छन् ।
सामाजिक सञ्जाल दुरुपयोग विरुद्ध अभियान नामक संस्थाको नेतृत्वमा भरतपुरको चौबीसकोठीबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर सम्पन्न भएको थियो । जिल्लाका १०७ वटा सङ्घ संस्था ¥यालीमा सहभागी थिए । जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा विकृति, विसङ्गति, अपराधजन्य गतिविधि र महिला विरुद्धका हिंसा बढेकाले त्यसको रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन र थप कानुन निर्माणका लागि राज्यका सबै सरोकार निकायमा अविलम्ब निर्देशन दिन ध्यानाकर्षण गराइएको छ । लोकतन्त्रमा व्यक्तिले अधिकारको उपभोग गर्न पाउने भए पनि सामाजिक सञ्जाल एवम् अनलाइनको दुरुप्रयोगले व्यक्ति, समाज र सामाजिक सद्भावमा खलल समेत पुगेको महिला अधिकारकर्मी मीना खरेलले बताउनुभयो । ¥यालीमा सहभागीले फेसबुकमा होइन कोर्षबुकमा ध्यान देउ, सामाजिक सञ्जालको दुरुपयोग रोकौँ, अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा कुराकानी नगरौँ, सामाजिक सञ्जाललाई असामाजिक नबनाऔँजस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।