अमेरीकी निर्वाचनमा हस्तक्षेप गर्ने अधिकार छैन : रुस ।

0
401

रसिया, २३ कार्तिक । रुसले अमेरिकी निर्वाचन अभियानमा हस्तक्षेप गर्ने अधिकार र इच्छा दुबै नभएको उसको प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

राष्ट्रपतिय निर्वाचन ‘अमेरिकीहरुको आन्तरिक मामिला’ भएको तर त्यहाँ कैयौँ समस्याहरु बाहिर आएको क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।
उनका अनुसार अमेरिकी विभिन्न समूहले रसियाले अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन वा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग मुछेर हेरिएको भन्दै रसिया कसैको पक्षमा नलागेको प्रष्टीकरण दिएको छ ।

जुलाईमा अमेरिकी डेमोक्रेटिक नेसनल कमिटीको इमेल चुहावट भएपछि यसमा अमेरिकी राजनीतिज्ञले रसियाली ह्याकरलाई दोष लगाएका र राष्ट्रपति बाराक ओबामाले अमेरिकी निर्वाचनमा रसियाले प्रभाव पार्नसक्ने भनी प्रतिक्रिया दिएका थिए ।

त्यसैगरी अक्टुबरमा अमेरिकी गुप्तचर तथा सुरक्षा सङ्घसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी रसियालाई अमेरिकी राजनीतिक सङ्घसंस्थामाथि आक्रमण गरेको भनी आलोचना गरेका थिए । तर रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले तत्कालै उक्त भनाइको खण्डन गरेका थिए ।