सातौ राष्ट्रिय खेलकुद अझै अन्यौलमा ।

0
731

काठमाण्डौ मङ्सिर १ । पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल मैदानको प्रभावकारी व्यवस्था नभएका कारण अझै अन्योलमा परेको छ। यहि मङ्सिर ८ गतेदेखि सुरु हुने भनिएको सो खेल स्थगित भइसके पनि नयाँ मिति तय तय हुन सकेको छैन ।

खेलकुद आयोजना गर्नका लागि रु २३ करोड सरकारले बजेट छुट्याएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने मुख्य ठाउँ विराटनगरको सहिद रङ्गशाला हो । सो रङ्गशालाको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

हरेक दुई वर्षमा हुनपर्ने राष्ट्रिय प्रतियोगिता २०६८ सालमा धनगढीमा भए पछि हुन सकेको छैन।

त्यसपछि पूर्वाञ्चलमा हुने भएको सो खेलकुद प्रतियोगिताको मिति पटकपटक तय हुँदै स्थगित हँदै आएको छ । जस्को कारण खेलाडी उत्पादनमा गम्भिर असर परेको छ ।