
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा नयाँ अनुबन्धलाई लिएर ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला। शत्रुहरूबाट टाढै बस्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा सानो बदलाबले ठूलो सफलता हात लाग्नेछ। आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। कार्यक्षेत्रमा सोचेजस्तो सफलताको लागि मेहनत धेरै गर्नुपर्ने हुन्छ। रिसाएका इष्टमित्रहरूलाई मनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो योजनाहरूलाई अगाडि बढाउन लगनशीलताको परिचय दिनुहोस्। साझेदारी व्यापार व्यवसायमा साझेदारसँग मनमुटावका योग छन् जसले गर्दा कामलाई बीचमा छोड्नुपर्ने सम्भावना रहेको छ। कारोबार विस्तारको लागि योजनाहरू बन्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुरानो वादविवाद सुल्झाउनको लागि मिठो वचनको प्रयोग गर्नुहोस्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वित्तीय वा सरकारी संस्थाबाट लाभ प्राप्त होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) उद्योग व्यापारमा थप लगानीबाट लाभ प्राप्त गर्न सकिनेछ। कार्यक्षेत्रमा कार्यलाई टाल्नुभन्दा कार्यलाई सम्पादन गर्नमा विश्वास राख्नुहोस्। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। पैतृक सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। विश्वास पात्रबाट धोका मिल्न सक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूको साथमा वैचारिक मतभेद सुल्झिनेछ। न्यायिक वा कानुनी मामिलामा सफलता हात लाग्नेछ। भविष्यलाई लिएर चिन्ता रहनेछ साथै साहित्य वा कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्र वा व्यापार व्यवसायमा आकस्मिक बदलावले मन उत्साहित रहनेछ। आर्थिक कारोबारमा नयाँ निर्णय लिनुभन्दा अघि परिवारको मध्य विचार विमर्श अवश्य गर्नुहोस्। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन चाहेको सफलता पाउनको लागि नयाँ अनुबन्ध वा लेनदेनमा ध्यान दिनुपर्ने हुन्छ। युवाहरूको लागि शिक्षाको क्षेत्रमा नयाँ मार्ग प्रशस्त हुनेछ। समाजमा मान सम्मान बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको कार्यमा गति आउनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्ध हात लाग्नेछ। कार्यक्षेत्रमा हजुरको कार्यको तारिफ हुनेछ। नोकरी वा पेशामा दिखावा गर्नबाट बच्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अधिकारीहरूसँगको वैचारिक मतभेद सुल्झिनेछ। शत्रुमाथि विजय पाइनेछ। आलोचकहरू आफै पन्सिनेछन्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायमा आत्तिएर निर्णय नलिनुहोला। अगाडि गरिएको कार्य असफल हुनाले मन अप्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। यात्रा राम्रो रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।
यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।




