२०८२ माघ ४ गते आईतवार
२०८२ माघ ४ गते आईतवार

मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको ३१ औं महानिरिक्षक (आईजी)मा दीपक थापालाई नियुक्त गरेको छ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई नियुक्त गरेको हो। 

उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत रहेका थिए। ३०औं आईजी बसन्तबहादुर कुँवरको सोमबार रातीदेखि ३० बर्षे सेवा अवधि सकिएपछि नयाँ आईजी नियुक्त भएका हुन्। 

गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले यस्तो निर्णय लिएको थियो।

काठमाडौं । राजावादीहरू सक्रिय भइरहेका बेला प्रमुख सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ । आज (सोमबार) पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्ध भइरहेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक भएको बताएका छन् । जनताको फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने उनले बताए छ ।

यस्तो छ एमाले विशेष प्रस्ताव

केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ७ दशक लामो बलिदानी संघर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारहरूमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो ।

जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ। लोकतन्त्र स्थापनपछि छोटो समयमै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सशस्त्र द्वन्द्व, लामो संक्रमणकाल, भूकम्पलगायत अनेकौँ प्राकृतिक विपत्तिका बीचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवन स्तर, अन्तर्राष्ट्रिय सम्बन्ध क्षेत्र लगायतमा नेपालले हासिल गरेका उपलब्धि महत्वपूर्ण छन् ।

गर्नुपर्ने कामहरू धेरै छन् । तर, उपलब्धिलाई अस्वीकार गर्ने, एकोहरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन । नेकपा एमाले र आम जनताहरू र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्त्वलाई गम्भीरताका साथ आत्मसात गर्न निरंकुशकालमा अधिकार खोसिदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलानात्मक अध्ययन गर्न आह्वान गर्दछ । हामी २१औं शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैंमा हास्यास्पद, हानिकारक र निरर्थक हो भन्नेमा विशेष जोड दिन चाहन्छौं ।

काठमाडौँ । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।

गृहमन्त्री रमेश लेखकले यस्तो व्यवस्था मिलाइएको संसदमा जानकारी दिएका हुन् ।

गृहमन्त्री लेखकले सोमबार प्रतिनिधि सभाको बैठकमा भने, ‘‘बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको छ ।’

काठमाडौं– आइतबार २१.६३ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि ओरालो लागेको छ । सोमबार ५ अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा १०.१४ अंकले नेप्से घटेको हो ।

नेप्से परिसूचक घटेसँगै नेप्सेको पुँजीकरण पनि ०.३७ प्रतिशतले घटेको छ । आज भएको शेयर कारोबारमा १४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । त्यस्तै, १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

नेप्से घटेपनि आज वित्त, होटेल तथा पर्यटन, लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने बढेको छ । म्यूचुअल समूहको परिसूचक आज स्थिर रह्यो भने अन्य सबै समूहको परिसूचक घट्यो ।

आज राप्ती हाइड्रोका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने महालक्ष्मी विकास बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

 यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ ।

सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले यस्तो प्रस्ताव आउनु नै गलत भएको बताएका छन् ।

माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन्, ‘हिजो सत्तापक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आकर्षण गरेर अर्थोपाजन गरौँ भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ, यस्तो चिन्तनको घोर विरोध गर्दछु ।’

आकस्मिक समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले यस्तो प्रस्ताव आउनु गलत रहेको बताए । ‘‘यौन व्यवसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन ?’ उनले सरकारलाई प्रश्न गरे ।

नेपालमा पर्यटक भित्र्याउन र आर्थिक विकासका लागि धेरै सम्भावना रहेको उनले बताए । नेपाल प्राकृतिक रूपमा सुन्दर रहेको, जलस्रोतमा धनी रहेको स्मरण गर्दै उनले आर्थिक विकासका अनेकन सम्भावना रहेको ख्याल गर्न सुझाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई नेपालमा खुला गर्नुपर्ने बताएका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको आग्रह थियो ।

‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन् । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले भनेका थिए ।

काँग्रेसको प्रमुख सचेतकको यस्तो भनाइको संसदमा विरोध भएको हो ।

काठमाडौँ । इटहरा सरोकार समाज र काठमाडौं मेडिकल कलेज, सिनामंगलबीच स्वास्थ्य सेवा प्रदान सम्बन्धी विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा समाजका सदस्यहरूले ओपिडी उपचारमा २५ प्रतिशत र भर्ना भई उपचार गराउँदा ५० प्रतिशत छुट पाउने उल्लेख छ ।

समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र काठमाडौं मेडिकल कलेजकी कार्यकारी अध्यक्ष सोईना शर्माले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा इटहरा सरोकार समाजका सदस्यहरू, विशेष गरी काठमाडौं उपत्यकामा बसोबास गर्ने सदस्य तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको जनाइएको छ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सांसद डा. सुनिल शर्मा, इटहरा सरोकार समाजका अध्यक्ष डा. विष्णुप्रसाद दाहाल र अन्य सदस्यहरूका साथै नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा बरालको पनि उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार साधारण ओपिडी, भर्ना उपचारका साथै विशेष सेवाहरू (IVF, Liver Transplant लगायत) मा छुट उपलब्ध हुनेछ । यद्यपि, स्वास्थ्य बीमा, औषधि, इम्प्लान्ट, सर्जिकल सामग्री, कन्सुमेबल आइटम्स तथा सरकारद्वारा निःशुल्क प्रदान गरिने सेवाहरूमा छुट लागू नहुने स्पष्ट गरिएको काठमाडौँ मेडिकल कलेजले जनाएको छ ।

सम्झौताको अवधि एक वर्ष कायम रहनेछ र दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिनेछ । आपत्कालीन सेवाका लागि अस्पताल र समाज बीच सम्पर्कमा रहने फोन नम्बरहरू समेत उपलब्ध गराइएको जनाइएको छ ।

काठमाडौं । बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-६ मा गाईमाथि गरिएको अमानवीय व्यवहार अहिले चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा स्थानीयबासीको एक समूहले गाईलाई कुटपिट गर्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको देखिन्छ । यो घटनापछि प्रशासनले तत्काल प्रहरी परिचालन गर्दै संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले संलग्न स्थानीयबासीलाई नियन्त्रणमा लिन आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले वडाध्यक्षसहित घटनामा संलग्नहरूलाई सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी गराए । प्रशासनले दोषीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ । ‘गाईलाई कुटपिट गर्दै नदी पारि फ्याँक्ने कार्य अमानवीय हो । यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । स्थानीय प्रशासनले दोषीहरूमाथि छानबिन गरी कारबाही गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी पाध्याले भने ।

घटनाबारे वडाध्यक्ष धनबहादुर सार्कीले प्रस्ट पार्दै भने अनुसार, यो गाउँमा वर्षौंदेखि चलिआएको परम्परा हो । कसैको मृत्यु हुँदा ‘गौदान’ गर्ने चलन रहेको र गौदान गरिएको गाईलाई कर्णाली नदी पारि लैजाने परम्परा रहिआएको उनले बताए । तर, आधुनिक समयमा आएर यस्तो परम्परा विवादास्पद बन्न पुगेको हो ।

 

विशेष गरी गाईलाई निर्दयतापूर्वक कुटपिट गर्ने दृश्यले आम जनमानसमा आक्रोश फैलाएको छ । यसअघि पनि नेपालका विभिन्न स्थानमा परम्पराका नाममा जनावरमाथि क्रूर व्यवहार गरिँदै आएको पाइन्छ । पशु अधिकारकर्मीहरूले भने यस्तो हिंसात्मक अभ्यास तत्काल रोक्नुपर्ने माग राखेका छन् ।

स्थानीय प्रशासनले घटनाका दोषीहरूलाई सोधपुछका लागि झिकाएको भए पनि, घटनामा पीडित बनेको गाई सुरक्षित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार कुटपिटपछि गाई पुनः गाउँमै फर्किएको छ । ‘गाई अहिले सुरक्षित छ । तर, यसरी राष्ट्रिय जनावरमाथि अमानवीय व्यवहार गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो । यसबारे प्रशासनले कठोर निर्णय लिनेछ,’ पाध्याले थपे ।

यो घटनापछि सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ । धेरैले  सरकारलाई पशु अधिकार सुनिश्चित गर्न र दोषीलाई कडा सजाय दिन माग गरिरहेका छन् । नेपालमा गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गरिन्छ । गाईमाथि हिंसा गर्नु कानुनी रूपमा गम्भीर अपराध मानिन्छ ।

प्रशासनले घटनामा संलग्न स्थानीयबासीहरूसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जनाएको छ । कानुनी कारबाही हुने या परम्परागत अभ्यासलाई ध्यानमा राखेर नरम निर्णय गरिने भन्ने विषय प्रशासनको अन्तिम निर्णयपछि मात्र स्पष्ट हुनेछ ।

नेपालमा परम्परागत संस्कार र आधुनिक कानुनी व्यवस्था बीचको द्वन्द्व बेला-बेलामा देखिने गरेको छ । बाजुराको यो घटना पनि यस्तै एक उदाहरण हो, जसमा स्थानीय परम्पराको आडमा जनावरमाथि हिंसा भएको देखिन्छ । प्रशासनले यसलाई गम्भीर रूपमा लिएको छ र दोषीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।

तनहुँ । तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

काठमाडौं । इलामको सूर्योदय नगरपालिका–९ का ६१ वर्षीय मान बहादुर खड्का आर्थिक अभावका कारण लामो समयदेखि उपचार नपाएर पीडित थिए। यो विषय इलामका प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सम्सेर राईले थाहा पाए । आफ्नै निर्वाचन क्षेत्रका नागरिक उपचार नपाएर दुःख भोगिरहेको थाहा पाएपछि सांसद राई स्वयं बिरामीको घर पुगे ।

विरामीको अवस्था देखेर उनले नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सांसद डा.सुनिल शर्मालाई जानकारी गराए । सांसद डा.शर्माले खबर सुन्नासाथ मान बहादुर खड्कालाई काठमाडौं मेडिकल कलेज (केएमसी) ल्याउन आग्रह गर्दै निःशुल्क उपचारको व्यवस्था गरिदिने आश्वासन दिए । त्यसपछि प्रदेश सांसद राईको पहलमा बिरामीलाई काठमाडौं ल्याएर हाल केएमसी हस्पिटलमा उपचार प्रक्रिया सुरु भइसकेको छ।

डा.सुनिल शर्मा नेतृत्वको केएमसीले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ। सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेका छन् ।

विशेषगरी, डा.शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूलाई पार्टी नहेरी नोबेल मेडिकल कलेजमा निःशुल्क क्याबिनको व्यवस्था मिलाएका छन् । आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि काठमाडौं मेडिकल कलेजमा समेत यस्तो व्यवस्थाहरू गरिएको छ।

सांसद डा.शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन्। उनले आफ्नो जीवन समाजसेवा र मानवताको निम्ति समर्पित गर्दै आएका छन् ।

आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्।

प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षकहरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई पनि अवकाशमा जान लागेका हुन्।

त्यस्तै डीआईजीहरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने भएका छन्।

तर, सरकारले अहिलेसम्म आगामी महानिरीक्षकको टुंगो लगाएको छैन । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

सरकारले आज  बस्ने मन्त्रिपरिषद्‌बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयनको निर्णय समयमा नगर्दा गलत समूहले चलखेल गर्ने मौका पाइरहेको भन्दै आलोचना भएको छ।

प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार छ।

उनी गिरी र तामाङभन्दा एक महिना अघि बढुवा भएका अधिकृत हुन् ।

उनले आफ्नाे कार्यकालमा हालसम्म काठमाडाैं उपत्यका, जिल्ला, विभागकाे सफलता पूर्वक जिम्मेबारी पुरा गरेका छन् । हालसम्म कुनै विवादमा नआएका उनकाे बढुवाले देशकाे सुरक्षा र प्रहरी संगठनकाे विकासका लागि सरकारलाई नै सहयाेग हुने विश्वास गरिएकाे छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।