२०८३ बैशाख ५ गते शनिबार
२०८३ बैशाख ५ गते शनिबार

काभ्रे । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्‍यायो । घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आंकलन सुरू गरेको छ ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन् । उनले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आंकलनको सुरुआत गरेका हुन् । त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे । उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आंकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशन समेत दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए ।

गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरू गर्न ढिलो भएको स्वीकार गर्दै उनले अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए । सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छ भने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आंकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ ।

रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन् । रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आंकलनको काम सुरू गरिएको छ । यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्नेछ । बढीपहिरोबाट विस्तृत क्षति आंकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरू गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन् । ‘अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौं,’ ढकालले भने । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताए ।

‘यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आंकलनबाट एकीन तथ्यांकबाट अझ प्रभावकारी राहत÷अनुदानका लागि सहज हुनेछ,’ उनले भने । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढी पहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको छ भने छ जना अझै बेपत्तामा सूचीकृत भएका छन् । यहाँ अर्बौंका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, संग्रहालयलगायत बाढीपहिरोले क्षति पुर्‍याएको थियो । बाढी पहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो। यस वर्षको मनसुन सुरू हुनै लाग्दा गत बर्खाको क्षतिको आंकलन सुरू भएको हो ।

यतिबेला काठमाडौको बानेश्वर-माइतीघर क्षेत्रको सडक बन्द भएपछि भित्री सडकहरु अस्तव्यस्त भएका छन्। विहान ९ बजेदेखि शिक्षकहरुको आन्दोलनले बानेश्वर माइतीघरको सडक अस्तव्यस्त भएको भएको हो।

शिक्षकहरुको आन्दोलन अहिले १२ बजेसम्म हुनेछ। १२ बजेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौको बिजुली बजारमा प्रदर्शन गर्ने भएको छ। बिहान ११ बजेबाट भेला भई बिजुली बजारमा प्रदर्शन गर्ने राप्रपाले जनाएको छ।

राप्रपाको आन्दोलन शुरु भएपछि शिक्षकहरुले मैदान खाली गर्ने भएका छन्। आज दिनभर नै सडक जाम हुनेछ । सवारी साधान लिएर हिड्ने सर्वसाधारणलाई ट्राफिक प्रहरी कार्यालयले भित्री बाटो प्रयोग गर्न भनिसकेको छ।

शिक्षकहरु आन्दोलन १२ बजे नै सकिएपनि राप्रपा समर्थित प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने अभिव्यक्ति दिएसँगै उपत्यका प्रहरी कार्यालयले काठमाडौको सुरक्षा व्यवस्था कडा पारेको छ। जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना अनुसार काठमाडौको सुरक्षा व्यवस्था कडा पारिएको हो।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालका अनुसार आइतबारको प्रर्दशनमा अप्रिय घट्ना हुन नदिन र निषेधित क्षेत्र तोड्न नदिने गरी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा गर्न लागेको प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले आजको प्रदर्शनमा सीमित नेता सहभागी हुने जानकारी दिए ।

उनले सामाजिक सञ्जालमाफृत भनेका छन्– भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।

अध्यक्ष लिङदेनले   वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबी समेत गरेका छन् । उनले आफूहरूले जे गर्नु छ भनेरै गर्ने भएकोले नआत्तिन सरकारलाई सुझाव दिएका छन् ।

 

राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

वैशाख ४ गते बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने निर्णय गर्दै वैशाख ७ गते (आइतबार) निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय राप्रपाको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर रा\णालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ पनि राप्रपाको प्रदर्शनमा सहभागी हुने भएको छ।

कार्यवाहक संयोजक डा.जगमान गुरुङले विज्ञप्ति जारी गर्दै राप्रपाको आइतबारको प्रदर्शनमा सहभागी हुने जानकारी दिएका छन् ।

‘संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर २०८२ वैशाख ७ गतेदेखि राप्रपा लगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट आयोजना हुने कार्यक्रमहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने छ’, उनले भनेका छन् ।

गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यता, प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटेका छन् । शुक्रबार बिहान ११:५० देखि झन्डै २ बजेसम्म चलेको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरू सहभागी थिए ।

भेटमा राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही बैठकमा सहभागी भएका जनाइएको छ । ज्ञानेन्द्रले राजसंस्था पक्षधर सबैलाई मिलाएर लैजान लिङ्देनलाई आग्रह गरेका थिए ।

नयाँ वर्षको शुभकामनाको बहानामा ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपाका ७ जना नेतालाई ‘लन्च मिटिङ’मा बोलाएर राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका हुन् ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला। अभाव टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसाेतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

 

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाेतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुनेछन्। दिउँसाेतिरकाे परिवेश उल्लासमय रहनेछ। तर मनाेरञ्जन खर्चिलो हुनेछ। आफन्तसँग सुमधुर सम्बन्ध कायम राख्न व्यवहारमा सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र दिउँसाेतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।