२०८३ जेष्ठ १२ गते मंगलवार
२०८३ जेष्ठ १२ गते मंगलवार

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण (कक्षा १२) परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ ।

परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासंघ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो ।

पछिल्लो पटक महासंघसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने स्पष्ट पारेको छ ।
बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित तवरले सम्पन्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई एक सूचनामार्फत आग्रह गरेको छ ।

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन् । प्रिसा मृत फेला परेको खबरपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन्। उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा बिहीबार साँझ आफ्नै कलेज होस्टलको कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन् ।

यसबारे प्रिसाका आमा–बाबुलाई पनि जानकारी गराइएको छ । उनीहरू वीरगञ्जबाट आज भुवनेश्वर पुग्दैछन्। यसपछि मात्र पोस्टमार्टम गरिने छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् । मृतक शाहको घरबाट परिवार नआउन्जेलका लागि पोस्टमार्टम नगर्ने गरी शव सुरक्षित गरिएको उनले बताए ।

भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ । यसअघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

 

भारतको उडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको जानकारी दिएको छ । 

स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी  आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू  घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको उडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।     

गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।  साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। 

मेष

जोश जाँगरका बावजुद काम बन्नेछ । केही छोटो दूरीको यात्रा तय हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

वृष:

सानो उपलब्धिका लागि बढी रकम खर्चनुपर्ने देखिन्छ । स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । कला र सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।स्वास्थ्य प्रति सजगता अपनाउनु पर्ने समय छ ।

मिथुन:

महत्वपूर्ण काम हात लाग्ने समय छ । मान सम्मान मिल्नेछ । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

कर्कट:

समयले साथ नदिंदा हुनै लागेको कामहरु बिग्रने तथा काम अरुकै पोल्टोमा जानेछन् । लगानी गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । जेजसरी सजिलो हुन्छ, उसरी नै आफूलाई प्रस्तुत गरिने समय रहेको छ ।

सिंहः

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । विपरीत लिङ्गिको साथ सहयोग मिल्नेछ ।

कन्या:

व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । विद्यार्थी वर्गहरूको नयाँ रचना तथा ज्ञानमा वृद्धि हुनेछ ।

तुला:

केही सामाजिक जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ । मतभेदले आफन्तमा भने खटपटी निम्त्याउन सक्नेछ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्ने समय छ ।

बृश्चिक:

विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ला । समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने दिन रहेको छ । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ ।

धनुः

दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । रमाइलो यात्रामा निस्कन सक्नुहुनेछ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । लगनशीलताले महत्वकांक्षी योजनाहरू पूरा हुनेछन् ।

मकरः

प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषि क्षेत्रमा मनग्य धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । मनमा भएको बोझ हट्दा तनमन हल्का भएको अनुभूति हुनेछ ।

कुम्भः

बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । केही विचार पुर्याएर कार्यगर्नुपर्ने दिन रहेको छ ।

मीनः

संगोलको सम्पत्ति र साझेदारीमा वादविवाद हुने योग छ । नियमित काममा समेत समय दिन नसक्दा अरूको विश्वास गुम्न सक्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।