२०८३ बैशाख १६ गते बुधबार
२०८३ बैशाख १६ गते बुधबार

नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्यहरूले विधान महाधिवेशनमा राखिएको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाएकोप्रति आपत्ती प्रकट गरेका छन् । सोमबार सुरु केन्द्रीय कमिटी बैठकमा एमाले नेताहरुले विगतमा नेतृत्वको बहिर्गमनको विधि निर्माण भए पनि अहिले व्यक्तिलाई हेरेर विधि बदलिएको भन्दै आपत्ती जनाएका हुन् ।

सोमबारदेखि सुरु केन्द्रीय कमिटीको बैठकमा नेताहरू रचना खड्का, दीवाकर देवकोटा, अरविन्द सिंह लगायतले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाइएकोप्रति प्रश्न गरेका हुन् । उनीहरूले उमेर हद, वरिष्ठ उपाध्यक्ष पद राख्दा र हटाउँदा लिइएका आधार नै व्यक्ति केन्द्रित भएको भन्दै अब त्यस्तो हुन नहुने बताएका हुन् । उनीहरूले पहिले किन उमेर हद राखियो, अहिले किन हटाइयो, दुवै प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने माग राखेका छन् ।

केन्द्रीय सदस्य अरबिन्द सिंहले भने उमेर हदलाई आफू अनुकूल राख्ने र हटाउने विषयप्रति प्रश्न उठाएका छन्।

‘उमेर हद आफू अनुकूल राख्ने र हटाउने क्रम अन्त्य हुनुपर्छ,’ सिंहले बैठकमा बोल्दै सोधेका छन्, ‘३ किसिमको विधान छापिएको भन्ने कुराको पार्टी नेताहरूबाटै सामाजिक सञ्जालमा छरपस्ट पार्ने काम हुँदैछ। सत्यतथ्य के हो ? ’

७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदा पदाधिकारीको प्रतिस्पर्धा झन् बढ्ने भन्दै सिंहले पदाधिकारीको संख्या १९ बाट २१ बनाउनुपर्ने बताएका छन्। ‘आखिर नेतृत्व चयन गर्ने महाधिवेशनसम्म पुग्दा संख्या बढी हाल्ने विगत छ हाम्रो,’ उनले भने।

वरिष्ठ उपाध्यक्षको पद हटाइएकोबारे पनि सिंहले प्रश्न गरेका छन्। ‘वरिष्ठ उपाध्यक्ष किन हटाइयो ?’ उनले प्रश्न गर्दै थपेका छन्, ‘विधान महाधिवेशनको बेला विधान र नीतिको मात्रै चर्चा गर्नुपर्छ। नेतृत्वको चर्चा गर्न हुँदैन भन्छौं तर आफै फलाना नै अध्यक्ष हो भन्छौं। यो विरोधाभाषी कुरा अन्त्य हुनुपर्छ।’

बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखेका छन् ।

काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। अन्तिम खेलमा नेपाललाई ४-० ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा घरेलु टोली बंगलादेशले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल थप्यो। नेपालले भने एक गोल पनि फर्काउन सकेन।

बंगलादेशको जितमा सागोरिकाले ४ गोल गरिन्। सागोरिकाले खेलको ८औं मिनेटमा गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन्।

यस्तै उनले दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्‍याट्रिक पूरा गरिन्। ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै ४-० सहित टोलीलाई उपाधि दिलाउन सफल भइन्।

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई पक्राउ गरेको एसएसपी विश्व अधिकारीले जानकारी दिए ।

उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । ‘अनुसन्धानका लागि हामीले अग्रवाललाई पक्राउ गरेका हौँ,’ एसएसपी अधिकारीले भने ।

उनलाई काठमाडौँको टोखाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा हिजो भेटघाट भएको बताएका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको उनले बताए ।

ओलीले भने, ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकताअनुसार पार्टीले थप निर्णय गर्नेछ।’

 

उनले थपे, ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’

हिजो च्यासल पुगेका अनेरास्ववियु अध्यक्षमा पराजित प्रकाश पौडेल, युवा संघको अध्यक्षमा पराजित सुमन पुरी, पर्वत भण्डारीलगायतलाई लक्षित गर्दै ओलीले त्यसो भनेका हुन् ।

उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्षले भनेको भन्दै प्रचार गरिएको उनको भनाइ थियो ।

ओलीले भने, ‘भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो । उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन । हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’

एमाले र पार्टी नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक रहेको उनले बताएका छन् ।

काठमाडौँ । अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी पाएका छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ । जसमा २० जनाको नाम निस्किएको छ । उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ ।

वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ ।

तोकिएको समयमा अभिमुखीकरणमा नगए सम्झौता नहुने कार्यालयले जनाएको छ ।

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।

कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिएका छन् । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या समेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो ।

कैलाली । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । पन्त जानकी गाउँपालिका–४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए ।

शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो । टीकापुर नगरपालिका–१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे । पन्तलाई विष खुवाएको आरोपमा तीनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।