
सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका हुन् ।
आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् । रविले सहकारी ठगीमा आफू संलग्न नरहेको र आफ्नो भागको बिगो बराबर रकम बैंक जमानत राखेर रिहा हुन पाउनुपर्ने माग सहित निवेदन दर्ता गराएका हुन् ।
लामिछानेको सचिवालयले १९ साउनमा अदालतमा निवेदन दिएको भएपनि यो विषय तीन दिनसम्म सार्वजनिक नगरी गुपचुप राखिएको थियो । रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले थुनामुक्त हुन निवेदन दिएकोबारे चार दिनपछि बिहीबार (आज) मात्रै थाहा पाएको बताए ।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले रुपन्देहीबाट काठमाडौं कारागार सर्न खोजेपनि गृह मन्त्रालयले रोकेको छ ।
काठमाडौं । नेपाल शिक्षक महासंघले राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको छ । आज (बिहीबार) बसेको महासंघको बैठकले भदौ ३ र ४ गते बस्ने गरी बैठक बोलाएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार सरकारले सहमति कार्यान्वयन नगरेको भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको छ । उनले भने, ‘आन्दोलनको कार्यक्रम आन्दोलन परिचाल समितिले खाका तयार गर्छ । राष्ट्रिय समितिले पारित गरेपछि दोस्रो साताको सुरुबाटै गर्नेगरी सार्वजनिक गर्छौ ।’
उनले अहिले बाहिर चर्चामा रहेको विषयहरु भएको सहमति र शिक्षकहरुको पक्षमा आउने नदेखिएको पनि बताएका छन् । बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थामा बारेमा समिक्षा गरिएको उनले जानकारी दिएका छन् ।
समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइरहेको सुवेदीले बताए । समयभित्र ऐन जारी नभएपछि थप रणनीति बनाउन महासंघको बैठक आज बसेको थियो ।
महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने निर्णय गरिरहेको समयमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसिरहेको छ ।
समिति बैठकबाट नेपाल शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने प्रस्ताव पारित भएको छ भने शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।
यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ । आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो ।
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयमा मेरिटोक्रेसीका आधारमा नियुक्ति प्रक्रिया सुरु गरे पनि काँग्रेस, एमाले सरकारले उल्ट्याएको बताएका छन् ।
अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले विश्वविद्यालयमा कायम रहेको भागबन्डा आफूले अन्त्य गरेको दाबी गरेका हुन् ।
‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्ने, आफ्ना कार्यकर्ता भर्ती गर्ने अत्यन्त गलत परम्परा तोडेर मेरिटोक्रेसी मैले स्थापित गरेको हो । यो धेरै ठूलो परिवर्तन हो,’ उनले भने, ‘प्रतिस्पर्धाबाट सबभन्दा योग्य भिसी, रजिस्ट्रार बनाउँदा शिक्षा क्षेत्रमा भएका विसंगति अन्त्य गर्न सकिन्छ भनेर गरेको हो । अहिले सरकार फेरियो फेरि पुरानै ठाउँमा गएर फेरि कर्मचारी भर्तीकेन्द्र बनाइएको छ ।’
काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । लुम्बिनी प्रदेशस्तरीय दुई दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन् ।
भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन । न्यायिक हिरासतमा हुनुहुन्छ । कोही मान्छे भाग्छ थप अपराध गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो । तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन । त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्याे भन्ने मेरो बुझाइ हो ।’
उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भए पनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए । भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकाले भेट्न आएको समेत बताए । उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए ।
जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए । उनले थपे, ‘मैले टोपबहादुर रायमाझीको पनि कि सांसद पद खारेज गरेर चुनाव गर्नुपर्छ । त्यसैले बढी राजनीतिक ढङ्गले अन्याय हुन हुँदैन ।’ उनले रविलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए ।
उनले भने, ‘उहाँलाई ल्याएर दिँदो पनि रहेनछ, त्यो त हामी पञ्चायतकालमा बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गर्यौं । मैले प्रहरीलाई सोधें उहाँहरूले आदेश छैन भन्नु भयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो । राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु ।’
रविलाई जमानत आदि तरिकाले बाहिर निस्केर जनताको सेवा गर्न दिन या सांसद पद खारेज गरेर नयाँ चुनाव गराउन आफूले सभामुखलाई समेत भनेको भट्टराईले बताए । भट्टराईले रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको दावीसहित उनको न्यायका लागि भन्दै रविको पक्षमा हस्ताक्षर समेत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ ।
बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।
शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रहवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो ।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो । उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यले जानकारी दिए । यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने आचार्यले बताए ।
उनका अनुसार साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने आचार्यले बताए । भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ ।
काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार परियारमाथि अनुसन्धान भइरहेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो । भुजेललाई पोखराबाट कामको प्रलोभनमा भारतमा पुर्याई बन्धक बनाएर गिरोहले मिर्गौला झिकेको बताइन्छ ।
पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेर भारत लगेका थिए । त्यसको करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे । घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाएका थिए । अनि अस्पतालमा जाँच गराउँदा उनको एउटा मिर्गौला नभएको खुलेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ।
यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनोजशान्त घिमिरेले बताए।
उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक देखेपछि, मिलन तामाङ, विशाल लामा, वासु विडारी तथा पुतली विज्ञ टेकबहादुर गुरुङको टोलीले पहिचान गरी विस्तृत अध्ययनका लागि आवश्यक विवरण सङ्कलन गरिएको थियो।
पुतली पहिचानमा पोखराबाट साजन केसी, नेदरल्याण्डका विज्ञ पिट भान पोल, सुरेन्द्र परियार र चितवनका टेकबहादुर गुरुङसहितको विशेषज्ञ टोलीको सहकार्यमा पुष्टि गरिएको घिमिरेले जानकारी दिए।
यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गरेका थिए। ५१ वर्षयता नेपालमा पुनः देखिएको यो दोस्रो अभिलेख हो।
जुन चितवनको जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइएको छ। हालसम्म नेपालमा करिब ६९२ प्रजातिका पुतली अभिलेख भएका छन् भने चितवनमा मात्रै ३०० भन्दाबढी प्रजातिका पुतली छन्।
यो नयाँ अभिलेखले चितवनको जैविक सम्पदा थप समृद्ध बनाएको जनाइएको छ। यसले सौराहा क्षेत्रका प्रकृतिप्रेमी, नेचर गाइड र अनुसन्धानकर्ताका लागि प्रेरणा जगाएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान÷प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो, योजनाबद्ध तैयारी गरे विजय तपाईंको पोल्टामा हुनेछ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सँगीसाथीसँग रमाउन पाउँदा दिन बितेको पत्तो पाउनुहुन्न । आज व्यक्तिगत खुसीका लागि लवमेटसित कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ । बुद्धि र विवेकको सन्तुलन कायम राख्न नसकिने पेचिलो समय छ, कुनै कुरामा दुविधा उत्पन्न भएमा सिनियर स्टाफको सल्लाह लिनु बेस हुन्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दाम्पत्य जीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु र मुडफ्रेस गर्नु उचित हुन्छ । त्यस्तै आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि गरेका क्रियाकलापमा आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति हेरी कार्य गर्ने प्रयास गर्नुपर्छ, नत्र आफ्नै कमजोरीले मन दुःखित बन्नसक्छ । मनमा उत्साह र साहसी प्रवृत्ति देखा पर्नेछ । यात्राबाट लाभ मिल्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आन्तरिक सम्बन्धका लागि राम्रै दिन छ, तर भेट भएको मौकामा सामान्य कुरामा पनि तर्क वा बहस नगर्नु होला । बाध्यतामा खुम्चनुपर्ने समय हो, आर्थिक दृष्टिले पनि कमजोर समय देखिन्छ । कुनै लाभमूलक काम छ भने लापरवाही गर्नु हुँदैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्दैनन्, तापनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मायाप्रीति र सामीप्य बढ्ने तथा मित्रता र प्रेमको बन्धन कसिने वेला हो । कुनै भोज÷पार्टीमा अतिथिका रूपमा सत्कार पाउन सकिन्छ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । आनन्द वा मनोरञ्जनमा भन्दा पनि कार्यक्षेत्रमा व्यस्त रहने दिन हो, व्यस्तताका बारेमा सुरुमा नै बताएर लवमेटको मन राख्न सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने सुन्दर दिन छ, कार्यपद्धतिमा सुधार गरी अघि बढेमा भाग्यबल बढ्नुका साथै ठूलाबडालाई खुसी तुल्याउन सकिने छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूर्ण हुनेछन् । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ ।





