२०८२ आश्विन २९ गते बुधबार
२०८२ आश्विन २९ गते बुधबार

काठमाडौं । गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनका आडमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेको छ । सोमबार चार नयाँ मन्त्री नियुक्त भएसँगै उनको नेतृत्वको मन्त्रीमण्डल आठ सदस्यीय पुगेको छ ।

अन्तरिम सरकारमा ११ सदस्यीय मन्त्रीमण्डल बनाउने घोषणा गरेकी कार्कीले अब तीन मन्त्री थप्न बाँकी छ । जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको म्यान्डेट पाएकी छन् ।

कार्कीले पहिलो चरणमा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्रीमा नियुक्ति गरेकी थिइन् । खनाललाई-अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, घिसिङलाई-ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात सहरी विकास र अर्याललाई-गृह मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

कार्कीले दोस्रो चरणमा जगदीश खरेल, महावीर पुन, मदन प्रसाद परियार र अनिल सिन्हालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

जगदीश खरेललाई-सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा महावीर पुनलाई-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,डा. मदन प्रसाद परियालाई-कृषि तथा पशुपन्छी मन्त्री र अनिल सिन्हालाई-कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरिएको छ । अर्यालको कानुन मन्त्रालय दोस्रो चरणमा खोसिएको छ ।

सोमबार नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

मन्त्रीहरूको वरियतामा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ, ओम प्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल क्रमशः रहेका छन् ।

काठमाडौं । मुग्लिन–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि एकतर्फी खुलेको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो । रातको समयमा ढुंगा खस्ने जोखिमका कारण यातायात गत राति रोकिएको थियो । शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझमात्र एकतर्फी खुलेको थियो ।

काठमाडौं। नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले चेतावनीस्वरुप भनेका छन्, ‘समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र राजनीतिक अपराधहरुको आत्मसमिक्षा गरेर सुधार नगरे फेरी अर्को ठूलो जनविद्रोह हुनेछ।’

उनले भनेका छन्, ‘समयमा नै राजनैतिक दलहरु र नेताहरुले सुझबुझ सहित आफुले गरेका गल्ती र कैयौं राजनैतिक अपराधिकरणलाई आत्मसमिक्षा गरी नसच्याउने हो भने, सच्याउन तयार नहुने हो भने र जेन्जी आन्दोलनको उपलव्धीलाई शुन्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ ।’

शर्माले जेन–जी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको आन्दोलनका रूपमा बुझ्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, महाधिवेशनको अनिवार्यता, न्यायालयमा कुनै पनि राजनीतिक नियुक्ति नहोस् भन्ने माग गर्दै यसको लागि लोक सेवा आयोग सरहको स्वायत्त निकाय गठन गर्नुपर्ने, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा जस्ता आधारभूत आवश्यकतालाई संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, ‘त्यसैले जेन्जी युवाहरुको आन्दोलनलाई आम जनताको आन्दोलन मानेर प्रत्यक्ष कार्यकारीको निर्वाचन, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा हुन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी सांसद हुन नपाउने, दुई कार्यकाल बीचमा अनिवार्य अन्तराल हुनु पर्ने, दुई कार्यकाल भन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति÷अध्यक्ष बन्न नपाउने, ४ वर्षमा दलहरूको अनिवार्य महाधिवेसन हुनु पर्ने, जिविकोपार्जनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकार बाहेक अन्य अधिकारहरू सुनिस्चित गर्ने साथै आर्थिकरुपमा विपन्न आमाबुबाहरुलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षामा अध्ययनअध्यापन गराउन सहजरुपमा १ प्रतिशत व्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने र १० लाख सम्मको निः शुल्क स्वास्थ्य बीमा हुनु पर्नेजस्ता आम जनताका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्य संविधानबाटै गरिएन भने आजको १०÷१५ वर्ष भित्रमा फेरि यो भन्दा ठूलो आन्दोलन हुने निश्चित छ ।’

उनले अझै भनेका छन्, ‘यस पटक जेन–जी आन्दोलनमा नेताहरु कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरु खोजि खोजि पासविक रुपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरु सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरुले ज्यान गुमाउने परिस्थिति आउन सक्छ । समयमा नै सवैलाई चेतना भया । देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आउनु भएका तत्कालिन प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति डा। सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता उनले जनाएका छन्।

हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई बलियो बनाएका छन्।

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड र लुटपाट भएको कांग्रेसले जानकारी दिएको हो ।

कांग्रेसले गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।

काठमाडौं । आज (सोमबार)सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गएको शुक्रबारदेखि लगातार बढिरहेको सुन आज प्रतितोला ७ सय बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको हो ।

 

हिजो दुई लाख १७ हजार एकसय रुपैयाँ कारोबार भएको सुन आज प्रतितोला दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । सुनचाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।

काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ ।

देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

रुट परमिट खुला गरेसँगै अब रुट नलिइन सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउनेछन् । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिने भएको छ ।

 

रुट परमिट खुला आगामी असोज २२ गतेसम्म कायम रहने अध्यक्ष स्वाँरले बताउनुभयो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले अनिवार्य रुपमा टिकट लिनुपर्ने महासङ्घले जनाएको छ ।

यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।