
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् ।
उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।
प्रसाईंलाई मंगलबार भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो समूहमध्ये ८ जनालाई भने रिहा गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खड्काविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिएर थप अनुसन्धान जारी छ ।
प्रसाईंलाई प्रहरीले सोमबार राति सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो ।
उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति अदालतबाट लिइएको प्रहरीले जनाएको छ । सोही क्रममा खड्कालाई समेत अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको हो ।
यसैबीच, प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आन्दोलन सुरु हुनुअघि नै प्रसाईंलाई पक्राउ गरिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस र्फ्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ४० पैसा, बिक्रिदर ३६८ रुपैयाँ ९६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आलस्यले गर्दा हातमा आएको अवसर प्राप्त नहोला। व्यावहारिक विषयलाई लिएर संघर्ष गर्नुपर्ला। गोप्य कुरा सार्वजनिक नगर्नुहोला। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरपरिवारको सहयोग हुनाले नयाँ कार्य तर्फ अग्रसर भइनेछ। कार्यक्षेत्रमा लाभ रहनेछ। जीवनसाथीको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दनी बढाउने काम प्रारम्भ गर्न सक्नुहुनेछ। वाद विवादबाट टाढा रहनुहोस्। अतिथिको रुपमा सत्कार प्राप्त हुनेछ। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चुनौतीहरू पन्छाउदै आफ्नो काम बनाउने समय रहेको छ। सबै क्षेत्रमा राम्रो सफलता प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतोहो भने शुभ अंक ५ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थ देखाएर समाजमा नाम स्थापित गर्न सकिनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सावधान रहनुहोला। परिवारको तर्फबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति नमिल्दा कार्यक्षेत्रमा योजना अधुरो रहला। विद्यार्थीहरूलाई गुरुजनहरुको सहयोग मिल्नेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफुले गरेको कामबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। नयाँ कार्यप्रति मन आकर्षित हुनेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चिताएका काम समयमा सम्पादन गर्न सकिनेछ। उद्योग र व्यापारमा पहिला लिएका निर्णयहरूबाट लाभ मिल्नेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। अध्ययनमा कमजोरीको अनुभूति हुनेछ। अनावश्यक कार्यहरूमा समय खर्च हुनेछ। स्वास्थ्यलाई लाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयोग पाइनेछ। मेहनतीहरुलाई राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक संसाधन जुटाउने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कार्यक्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सक्नुहुनेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। नोकरी वा पेशामा सहयोगी वर्गहरूको साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिको लागि केही समय प्रतिक्षा गर्नुपर्ला । योजनाहरू समयमा सम्पादन गर्न सकिनेछ । शैक्षिक क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।




