
नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले सबै तहका नागरिकलाई स्वास्थ्य नीति आवश्यक भएको औंल्याएका छन् । उनले नयाँ सरकारले मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवामा सहजीकरण गर्नपनि आग्रह गरे ।
बुधबार दुर्गा प्रसाईंलगायत सहभागि भएको पत्रकार सम्मेलनमा बोल्दै डा.शर्माले देशभरका विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट सेवा प्रदान गर्नुपर्ने बताए ।
उनले भने, ‘संविधान प्रदत अधिकार सबैले पाउनुपर्छ । हाम्रो स्वास्थ्य नीतिपनि समान हुनुपर्यो । तर सरकारले चलाएका र सरकारका निकट व्यक्तिहरुले संचालन गरेका अस्पतालहरुको सेवामै विभेद छ । स्वास्थ्य सेवामा कोही गरिब र धनी भन्ने हुँदैन । किड्नीका विरामीहरुलाई औषधि खरिदमै सहजीकरण गरिदिनुपर्छ,’ अगाडि भने,‘हामी नीजि क्षेत्रबाटै निःशुल्क मिर्गौला प्रत्यारोपण र लिभर ट्रान्सप्लान्ट गर्न चाहन्छौं ।’
गरिब जनताको पक्षमा काम गर्दा सरकारले पटक पटक दुःख दिने गरेको सुनाउँदै उनले हालको दुई तिहाइको सरकारले स्वास्थ्य नीति समान लागू हुनेगरी बनाउनुपर्ने बताए ।
शर्माले आफूले संचालन गरेको अस्पतालमा ट्रान्सप्लान्ट सेन्टर देशभित्रकै उत्कृष्ट ‘टप फाइप’मा पर्ने दाबी गरे । हालसम्म ७२ वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेको जानकारी दिए ।
डा.शर्माले खाडी मुलुक जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने, गरिबहरुको उचित व्यवस्थापन गर्दै सडकहरुको व्यवस्थापन गर्नुपर्ने र विकास निर्माणमा काम गर्नुपर्ने बताए ।
उनले गृहमन्त्री सुधन गुरुङको विषयमा उचित छानविन हुनुपर्ने र सत्यतथ्य बाहिर आउनुपर्ने औंल्याए । गुरुङले ‘माल प्राक्टिस’ गरेको हो भने सत्यतथ्य बाहिर आउने बताए ।
काठमाडौं । गृहमन्त्री बनेको २६ दिनमै सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार गृहमन्त्री पदबाट राजिनामा दिँदै उनले आफ्नो लागि पदभन्दा ठूलो कुरा नैतिकता भएको स्मरण गरे ।
“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्। उनले देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाजलाई पनि सम्मान गरेको उल्लेख गरेका छन्।
आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै प्रकारको स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको गुरुङले स्पष्ट पारेका छन्।
उनले आफ्नो निर्णयलाई “नैतिक जिम्मेवारीको निर्वाह” का रूपमा व्याख्या गर्दै सञ्चारकर्मी, आम नागरिक तथा युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा उभिन आह्वान समेत गरेका छन्।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका थिए ।
गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।
गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।
उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट लोन लिएर जनताको सेवा गर्दापनि ‘माफिया’को आरोप लगाइएकोप्रति आपत्ति जनाएका छन् ।
वुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक तथा सर्वसाधारणबाट ऋण लिएर जनतालाई नै सेवा दिँदा पनि आफूहरूलाई माफिया भनिएकोमा आपत्ति जनाएका हुन् । आफूहरूलाई सरकारले विभेद गरेको उनले बताए ।
‘बैंकबाट लोन लिएर जनता नै सुत्ने ठाउँ बनाएका छौं । जनताकै सेवा गरेका छौं तर हामीलाई नै माफिया भनेका छन् । राज्यले विभेद गरेको छ,’ उनले भने ।
सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।
उनले भने, ‘सरकारमा रहेकाहरूले स्वास्थ्य र शिक्षा निःशुल्क भन्छन् । हामी स्वास्थ्य र शिक्षा निःशुल्क होइन किन्न सक्ने हैसियतको चाही बनाउनुपर्छ भन्छौं ।’
नेपालको ‘डिप स्टेट’मा १६ मारवाडी र १० नेपाली रहेको उनले बताए । ‘डिप स्टेट’लाई चलाउँदा अर्थतन्त्र ढल्ने पनि बताए ।
‘डिप स्टेट’ कन्ट्रोल नगर्दासम्म केही नहुने बताउँदै उनले ‘डिप स्टेट’का १६ जनालाई पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरे ।
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराँतीले पार्टी परित्याग गरेका छन् ।
बुधबार सामाजिक संजालमार्फत किराँतीले साधारण सदस्य समेत नरहने पार्टी परित्यागको घोषणा गरेका हुन् ।
उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका छन् । उनले भनेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।’
किराँतीले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश जनताको सेवामा लाग्ने बताएका छन् ।
उनले भनेका छन्, ‘जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु । मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।’
निर्वाचनअघि नेकपा माओवादी केन्द्र नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनी प्रलोपातिर लागेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन् । तेहरानलाई युद्ध अन्त्यका लागि ठोस प्रस्ताव ल्याउन थप समय दिने उद्देश्यले प्रस्तावित सैन्य आक्रमणलाई तत्कालका लागि रोक्न निर्देशन दिएको ट्रम्पले उल्लेख गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले पाकिस्तानी मध्यस्थकर्ताको आग्रहमा यो कदम चालिएको बताएका छन् । यसअघि तय गरिएको युद्धविरामको समयसीमा बुधबार सकिँदै थियो ।
“मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी अवस्थामा रहन निर्देशन दिएको छु,” ट्रम्पले लेखेका छन्, “इरानको तर्फबाट प्रस्ताव नआउन्जेल र छलफलले कुनै निष्कर्ष ननिकालेसम्म युद्धविरामको अवधि थपिनेछ ।” ट्रम्पको यो भनाइले युद्धविरामको समयसीमा निश्चित नभएको र यो इरानको प्रतिक्रियामा भर पर्ने संकेत गरेको छ ।
ह्वाइट हाउसबाट आएको यो निर्णयलाई ट्रम्पको पछिल्लो नाटकीय परिवर्तनका रूपमा हेरिएको छ । सोसल मिडियामा पोस्ट गर्नु केही घण्टाअघि मात्रै ट्रम्पले युद्धविराम लम्ब्याउने पक्षमा आफू नरहेको बताएका थिए । उनले इरानी पूर्वाधारमा ठुलो आक्रमण गर्नुअघि तेहरानसँग समय घर्किँदै गएको चेतावनी समेत दिएका थिए । तर, इरानी अधिकारीले अमेरिकी जलसेनाले गरेको सामुद्रिक नाकाबन्दीको निन्दा गर्दै बुधबारका लागि तय भएको वार्तामा बस्न नसकिने संकेत गरेपछि ट्रम्प लचक देखिएका हुन् ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले युद्धविराम लम्ब्याउन राजी भएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । इस्लामावादले यो द्वन्द्वलाई वार्ताको माध्यमबाट समाधान गर्न निरन्तर पहल गर्ने बताएका छन् ।
इरानले भने ट्रम्पको यो पछिल्लो घोषणाप्रति आधिकारिक प्रतिक्रिया जनाएको छैन । त्यहाँको अर्ध–सरकारी समाचार संस्था तस्निमका अनुसार तेहरानको आधिकारिक धारणा केही समयपछि सार्वजनिक गरिनेछ । इरानले यसअघि नै अमेरिकी नाकाबन्दी नहटेसम्म वार्ताको औचित्य नहुने अडान राख्दै आएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबै किसिमका विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकताको आवश्यक रहेको उल्लेख गरेका छन् ।
उनले विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै यो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी गर्नुपर्ने बताए ।
शुभकामना सन्देशमा लेखिएको छ– ‘वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको सन्दर्भमा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेका छन्। यस परिस्थितिमा नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’
संयोजक दाहालले कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको जनाएका छन् ।
नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको उनको भनाइ छ ।
विक्रम संवत २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
गृहमन्त्री सुधन गुरुङले उच्च सुरक्षा अधिकारीहरूसँग करिब साढे पाँच घन्टा गृह मन्त्रालयमा छलफल गरेका छन्।
गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो ।
छलफल के विषयमा केन्द्रित थियो भन्ने खुलाइएको छैन । राति करिब ११ बजे मन्त्रालयबाट बाहिरिनेक्रममा सञ्चारकर्मीले ठूला माछा समात्न लागिएको हल्ला छ नि ? भन्ने प्रश्न गर्दा गृहमन्त्रीले ‘पछि भनौँला’ भन्ने जवाफ दिए ।




