
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ।
सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको हो।
उनका अनुसार सुरुङमार्गमा सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। सोहीअनुसार सुरुङमार्गमा सूचना बोर्डसमेत राखिएको छ।
सुरुङभित्र स्टन्ट गर्ने, अनावश्यक हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको प्रहरीले जनाएको छ। यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रवक्ता सुवेदीले बताए।
ट्राफिक प्रहरीले सुरुङमार्गमा सवारी चलाउँदा अन्य सडकको तुलनामा थप सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ। सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गति पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
यसैबीच, शुक्रबार मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ कार्यको थालनी गर्न कार्यक्षेत्रमा उपयुक्त माहोल बन्नेछ। नजिकका मित्रहरूसँग विचार आदानप्रदान गर्दा मन हलुका हुनेछ। नियमित व्यायाममा ध्यान दिनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरायसी वातावरणमा रमाइलोपन बढ्नेछ। व्यवसायमा ग्राहकको प्रतिक्रिया उत्साहजनक रहनेछ। मानसिकतामा फराकिलो पन आउनेछ। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सिर्जनात्मक विचारले दिनभर व्यस्त राख्नेछ। कार्यालयको काममा सहकर्मीहरूको पूर्ण सहयोग प्राप्त हुनेछ। परिवारका सदस्यसँग मिठासपूर्ण सम्बन्ध रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा शान्ति र सन्तोष छाउनेछ। रोकिएका आर्थिक कारोबार सुचारु हुनाले ठूलो राहत मिल्नेछ। पुराना साथीभाइसँग आत्मीय कुराकानी हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्वदायी भूमिकामा आफ्ना कुरा स्पष्टसँग राख्न सकिनेछ। व्यापार व्यवसायमा सोचेभन्दा राम्रो लाभ मिल्ने योग छ। जीवनसाथीको सल्लाहले जटिल निर्णय लिन सहज हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घरेलु कामधन्दामा व्यस्तता बढे पनि नतिजा सुखद रहनेछ। वैदेशिक वा दूरदराजका काममा प्रगति हुने सम्भावना छ। आफन्तजनको माया र सद्भाव भरपूर मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ योजना बनाउन र कार्यान्वयन गर्न अनुकूल समय छ। व्यावसायिक साझेदारीमा राम्रो समझदारी कायम हुनेछ। प्रियजनसँग रमाइलो पल बिताउन पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धैर्य र संयमताका साथ काम गर्दा कार्यक्षेत्रमा सफलता मिल्नेछ। लगानी सम्बन्धी निर्णयमा थोरै सतर्क रहनु उपयुक्त होला। प्रेम सम्बन्धमा विश्वास र प्रगाढता थपिनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक तथा बौद्धिक चिन्तनमा मन जानेछ। दम्पतीबीच आपसी समझदारी बढ्नेछ। समयमा सुत्ने र उठ्ने बानी बसाल्नुहोला। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएका पुराना कामहरू विस्तारै सम्पादन हुँदै जानेछन्। पेशागत क्षेत्रमा उच्च अधिकारीहरूबाट प्रोत्साहन मिल्नेछ। परिवारसँग गुणस्तरीय समय बिताउने मौका पाइनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्य र समूहगत भेटघाटमा सक्रियता बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। मनपर्ने व्यक्तिसँग भावना साटासाट गर्न पाइनेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यस्थलमा नयाँ जिम्मेवारी कुशलतापूर्वक निभाउन सकिनेछ। शुभचिन्तकहरूको सल्लाहले ठूलो मद्दत पुर्याउनेछ। मानसिक थकान मेटाउन हरियाली वातावरणमा समय बिताउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।





