खेल विकासका लागि २ अर्ब २४ करोड

0
2416

काठमाडौं, १६ जेठ । नेपाली खेल जगतको विकासका लागि सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि २ अर्ब २४ करोड मात्रै बजेट विजियोजन गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा १६ करोड कम हो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै काठमाडौंको मुलपानीमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माणलाई निरन्तरता दिने र देशका अन्य आठ स्थानमा निर्माण हुन लागेका क्रिकेट मैदानलाई पनि चाँडै निर्माण सम्पन्न गर्ने योजना सुनाउनु भयो ।

महराले नेपाली फुटबललाई जुझारु बनाउन विभिन्न प्रयत्नहरु गर्ने र खेलकुदको उपयुक्त वातावरण बनाउने बताउनु भयो । गएको वर्ष प्रस्तुत बजेटमा मुलपानी भैरहवा र धनगढीमा ३ वर्षभित्र मैदान निर्माण सम्पन्न गर्ने भनिएको थियो । यस्तै, डेडेल्धुरा, बैतडी, धनुषा, मोरङ, दाङ, सुर्खेत र पर्सामा नयाँ क्रिकेट मैदान निर्माण कार्य प्रारम्भ हुने जनाइएको थियो । गएको वर्ष बजेटमा झापाको लखनपुर र काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला प्रारम्भ गर्ने बताइएपनि यस वर्षको बजेटमा त्यसबारे केही उल्लेख गरिएको छैन ।

यद्यपि, सरकारले विजियोजन गरेको बजेट खेलकुदको क्षेत्रमा काम गर्ने कर्मचारीलाई नै तलब भत्ता खानै नपुग्ने टिप्पणी भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले यो पुनरानै बजेटको निरन्तरता भएकाले हर्षित हुनुपर्ने र निराश हुनुपर्ने कुनै कारण नभएको बताउनु भयो ।