छोडी गयौ तिमीले मलाई क्षितिजको माझमा
यो छातीको आगो निभाउन पिउँछु हरेक साँझमा।
प्रस्तुत हरफहरू भर्खरै रिलिज भएको प्रमोद खरेलको स्वरमा सजिएको र बैकुण्ठ रायमाझीले लेख्नुभएको आधुनिक गीत क्षितिज बाट लिइएको हो। उक्त गीतको म्युजिक भिडियो
सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
थुप्रै लोकगीतहरु गायन, लेखन र निर्माण गर्दै आउनुभएका स्रष्टा बैकुण्ठ रायमाझीको यो पहिलो सुगम संगीत हो। गीत नेपाली जनजीवनको यथार्थतामा रही रचिएको गीतकारले जानकारी दिनुभयो। आधुनिक नेपाली समाजमा फस्टाउँदै गएका विकृति र विसङ्गतिलाई चिर्न गीतले सहयोग पुर्याउने गीतकारले विश्वास व्यक्त गर्नुभयो। विशेषगरी रोजगारीको अवसरको खोजीमा श्रीमान विदेशिएपछि श्रीमती विलासिताको आशामा गाउँबाट शहर पस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गीतले भुमिका खेल्ने कुरामा गीतकार आशावादी रहेका छन्। यसरी उत्पादनशील र सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा गाउँको विकास चुनौतिपूर्ण हुने गीतकारको स्विकारोक्ति छ।
कर्णप्रिय स्वरका धनी चर्चित गायक प्रमोद खरेलको स्वरमा सुसज्जित गीतका शब्द र संगीतको संकलन र संयोजन बैकुण्ठ रायमाझीले गर्नुभएको हो। चर्चित मोडल द्वय ओबी रायमाझी र दिव्यानी ओलीद्वारा अभिनित म्युजिक भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी गरेका हुन्। यस गीतलाई एरेन्ज कमल सौराहा र रेकर्ड चर्चित रेकर्डिस्ट राजकुमार बगरले गरेका हुन्। गायिका रिता केसीको पनि विशेष भुमिका रहेको छ।
स्रोता तथा दर्शकवृन्दहरुले यो भिडियो लाइक, कमेन्ट र विभिन्न माध्यमबाट शेयर गरेर सहयोग गर्न अनुरोध गरिन्छ।
आउनुहोस्, उक्त म्युजिक भिडियो हेरौँ:
[ytp_video source=”0CAb_eo-k38″]