काठमाडौं– आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार सुनको मूल्य १२ सय रुपैयाँले बढेर २ लाख रुपैयाँ क्रस गरेको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य २ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ कायम भएकोमा आइतबार बढेर २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो।
दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।
दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने हो। सुकिला नोट सटही सम्बन्धी सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेबाट बैंकमार्फत सुकिला नोट वितरण गर्ने जानकारी गराएको हो।
सूचनामा भनिएको छ, ‘वि.सं. २०८२ को बडादशैमा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशस्थित कार्यालय (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) र इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणलगायत विभिन्न संघ/संस्थालाई मिति २०८२/०५/२९ देखि २०८२/०६/१० गतेसम्म बैकिङ्ग कारोबार समयमा सुकिला बैंक नोट सटही गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
विगतका वर्षहरुमा दसैँ तिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको थियो। दसैँमा नयाँ नोट छापेर बजारमा पठाउने, तिनै नोट चाडपर्वमा प्रयोग गर्दा छिट्टै बिग्रने गरेको हुँदा यसलाई कमी गर्न राष्ट्र बैंकले गत वर्ष पनि नयाँ नोट वितरण गर्न बन्द गरेको थियो।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा चेली माइती बिच वैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) उपहार तथा भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा अध्ययन कै सवालमा यात्रा हुनेछ । शिक्षा क्षेत्र, पर्यटन तथा होटल व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको गतिलो योग रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधनको व्यापार व्यवसायमा अलि बढी मेहनत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । विद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । तर पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार तथा उद्योगको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार, उद्योगको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
काठमाडौं- निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था समेटिने भएको छ। प्रतिनिधिसभाबाट पारित भइसकेपछि विवादको उत्कर्षमा पुगेको यस व्यवस्थालाई आज राष्ट्रियसभाकोे विधायन व्यवस्थापन समितिले विधेयकमा राख्नुपर्ने निर्णय गरेको हो।
समितिमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलका क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने निर्णयमा टुंगो लागेको हो।
यो व्यवस्थामा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन’ भन्ने प्रावधान राखिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यो विषय सकारात्मक ढंगले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन्, ‘यस विधेयकमा कुलिङ अफ पिरियडबाहेक पनि महत्त्वपूर्ण विषय छन्। निजामती कर्मचारीको नियुक्ति, सरुवा, व्यवस्थापनको विषय छ। अब निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्था राखेर जानुपर्छ भन्ने मान्यता स्थापित भयो। सबै सकारात्मक सोचका साथ निष्कर्षमा पुग्न जरुरी छ। भोलि अभ्यासमा जाँदा कोहीमाथि अन्याय भएको महसुस भयो वा व्यावहारिक भएन भने सच्याएर संशोधन गरेर पनि जान सकिन्छ। त्यसैले यो विधेयक छिटो समिति र सभाबाट पारित हुनुपर्छ।’
सांसदहरूले कुलिङ अफ पिरियड राजपत्रांकित उच्च तहका कमचारी (मुख्यसचिव, सचिव, सहसचिव) लाई लागु हुने तर सोभन्दा मुनिको कर्मचारीलाई लागु नहुने व्यवस्थामा सहमति जनाएका छन्।
समिति सभापति तुलसाकुमारी दाहालले समितिमा सहमति भएका व्यवस्थालाई भाषा मिलाएर प्रतिवेदन लेखन गर्न समिति सचिवालयलाई निर्देशन दिए।
काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकको मुद्दा दृढतापूर्वक उठाएको जनाएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन आज (शनिबार) चीन पुगेका प्रधानमन्त्री ओलीले थियानजिनमा भएको द्विपक्षीय भेटवार्तामा उक्त विषयलाई प्राथमिकतामा राखेको राजदूतावासले जनाएको छ ।
भेटपछि राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक पास हुँदै हुने सीमा व्यापारबारे हालै भएको चीन–भारत समझदारीप्रति प्रधानमन्त्री ज्यूले उक्त भू–भाग नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको कुरा दृढतापूर्वक राख्नु भयो ।’
विज्ञप्तिमा उल्लेख भएअनुसार, भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै एससीओमा नेपालको सदस्यता प्राप्तिको आकांक्षामा चीनको सहयोगको अपेक्षा गरेका थिए ।
त्यसको जवाफमा राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले नेपाललाई सहयोग गर्ने इच्छा व्यक्त गरेको राजदूतावासले जनाएको छ । उनले ‘एक चीन नीति’ प्रतिको नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद दिँदै उच्च गुणस्तरका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का परियोजना कार्यान्वयनमार्फत नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत दोहोर्याएका थिए ।
प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गतका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन आग्रह गर्दै मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।
.jpg)
काठमाडौँ- ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्।
शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएकी हुन्।
‘द हिडन ट्रेजर’ले आयोजना गरेको मिस नेपालको ३१ औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन्। उनलाई पूर्व मिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो । सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।
चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत भाग लिने छन् । तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना हुनेछन् ।
सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए आफ्नो अवस्था दयनीय हुने बताए । समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट अलग नभएको भए आफ्नो र पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने कुरा व्याख्या गर्नु नपर्ने उल्लेख गरे ।
उनले एमाले छोड्ने निर्णय जायज भएको र विद्रोहको आलोचना गर्नेहरूको कुनै महत्त्व नभएको जिकिर गरे । नेपालले एमाले छोडेर पार्टी गठन गर्दा सबैको साथ नपाए पनि आफूहरूले सही कदम चालेको बताए । उनले भने, ‘हामीले विद्रोहको आँट नगरेको भए हाम्रो हालत खराब हुन्थ्यो । विद्रोहको औचित्य नदेख्नेहरूको कुराको कुनै अर्थ छैन ।’
उनले मेहनत र एकताले नेकपा एकीकृत समाजवादी २०८४ को निर्वाचनमा पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरे । ‘कर्णाली र सुदूरपश्चिममा हाम्रो प्रभाव बढ्दै छ। मधेश प्रदेशमा पनि हामी बलियो बन्दैछौं । सबै मिलेर काम गरे पहिलो शक्तिको रूपमा उदाउन सकिन्छ,’ उनले भने ।
नेपालले पार्टी एकीकरणबारे स्पष्ट पर्दै कुनै पनि पार्टीसँग तत्काल विलय नहुने बताए । ‘विचार, सिद्धान्त, नीति र विश्वास मिल्नेहरूसँग मात्र सहकार्य हुन्छ। समाजवादी मोर्चालाई विस्तार गरी वामपन्थी एकता अगाडि बढाउँछौँ,’ उनले प्रष्ट्याए । पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको आरोपबारे उनले भने, ‘ममाथि बिना आधार मुद्दा लगाइएको छ । हदबन्दीभन्दा बढी जग्गा दिने र बिक्री गर्न दिने काममा भ्रष्टाचार भएको भनिएको छ, तर कानूनले नियमनको व्यवस्था गरेको छ । सरकारले सूचित आदेशमार्फत हदबन्दीको जग्गा राख्न स्वीकृति दिन सक्छ ।’ नेपालले यो मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा लिएको बताए ।
सिमरा- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई नेकपा (एमाले)का नेताहरुले बाराको सीमरा विमानस्थलमा भव्य स्वागत गरेका छन् । बीआइसीसीआई बृहत महिला सम्मेलन २०८२ मा सहभागी हुन वीरगंज जाने क्रममा नेताहरुले ५१ किलोको माला सहित सीमरा विमानस्थलमा स्वागत गरेका हुन् ।
बाराको सीमरा विमानस्थलमा एमाले स्थायी कमटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य केदार न्यौपाने, अरबिन्द्र सिंह मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल विमानस्थल पुगेका थिए ।
यसैगरी स्वागतका लागि मधेस प्रदेशका सचिवालय सदस्य जय प्रकाश थारु जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, बिरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत विमानस्थलमै स्वागतका लागि पुगेका थिए ।
काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधवारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्री परिषद् हुने जानकारी सबैमा अनुरोध छ ।’
महासंघले विज्ञप्ति यसप्रकारको आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ ।
सो अवस्था सिर्जना हुन नदिनका लागि सरकारले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विना सर्त तत्काल भुक्तानी गर्ने तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी आन्दोलित किसानलाई सडकबाट घर खेतमा फर्किने वातावरण निर्माण गर्न नेपाल सरकारसँग माग गरेका छन् ।