२०८३ असार १३ गते शनिबार
२०८३ असार १३ गते शनिबार

बन्द गरिएका २६ मध्ये ८ सामाजिक सञ्जाल सरकारको सम्पर्कमा

नेपालमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने चासो देखाउँदै ८ वटा सामाजिक सञ्जाल सरकारसँग सम्पर्कमा आएका छन्।

नेपालमै केन्द्रित भई सेवा दिइरहेको हाम्रो पात्रोले बिहीबारदेखि दर्ता प्रक्रिया थालेर निरन्तर सञ्चालन सुनिश्चित गरेको छ। त्यसपछि विश्वव्यापी रूपमा प्रयोगमा आउने मेटा कम्पनी (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स) ले समेत सूचीकरणका लागि आवश्यक कागजातबारे चासो देखाएको मन्त्रालयले जनाएको छ।

यस्तै, शुक्रबार ट्विटर (एक्स) ले पनि आधिकारिक सम्पर्क गरेर सरकारसँग सहकार्यको इच्छा प्रकट गरेको छ भने चिनियाँ लोकप्रिय एप वी च्याट ले समेत सूचीकरण प्रक्रियाबारे जानकारी माग्दै संवाद सुरु गरेको छ।

मन्त्रालयका अनुसार, अन्य सामाजिक सञ्जालहरू पनि चाँडै सम्पर्कमा आउने अपेक्षा गरिएको छ। सरकारको निर्देशनमा शुक्रबारदेखि २६ वटा सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।