काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जेनजी आन्दोलनमा घाइते भइ उपचाररत व्यक्तिहरूसँग अस्पतालले रकम नलिएको स्पष्ट पारेको छ।
अस्पतालले सोमबार विज्ञप्ति प्रकाशित गरी घाइते आन्दोलनकारीसँग रकम लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कसैले कुनै शिर्षकमा रकम लिएको भए सक्कल बिल ल्याएर फिर्ता गर्न आग्रह गरेको छ।
अस्पतालले औषधि बाहेक कुनै शुल्क नलिएको बरु बिरामीलाई निशुल्क खाना खुवाएको बताएको छ।
घाइतेका परिवारहरूको उपचारसँग सम्बन्धित कुनै गुनासो भएमा अस्पताल प्रशासनको सम्पर्क नं. ९८०२३३५१३० मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सो अस्पतालमा ८१ जना घाइते भर्ना भएकोमा २ जनाको तत्कालै मृत्यु भएको र २२ जना उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ।
५७ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन्।










