२०८३ जेष्ठ १६ गते शनिबार
२०८३ जेष्ठ १६ गते शनिबार

एक सय घण्टा अन्तर्वार्ता लिएर विश्व रेकर्ड बनाउदै पत्रकार गौरव पौडेल

पत्रकार गौरव पौडेलले लगातार एक सय घण्टा अन्तर्वार्ता लिएर विश्व कीर्तिमान बनाउने अभियान थालेका छन् । काठमाडौंको स्काइ टावरबाट प्राइम टाइम टेलिभिजनमार्फत प्रसारण भइरहेको यो विशेष कार्यक्रम यो समाचार तयार पार्दासम्म  करिब ७० घण्टा पूरा भइसकेको छ भने अझै ३० घण्टा बाँकी रहेको छ ।

विश्व कीर्तिमानका लागि चार दिन चार रात अथात १०० घण्टा लगातार सञ्चालन हुने यस अन्तर्वार्ता कार्यक्रममा नेपालका विभिन्न विशिष्ट व्यक्तित्व, कलाकार, जनप्रतिनिधि, खेलाडी, उद्यमी, मनोवैज्ञानिक तथा सामाजिक अभियन्तासँग संवाद भइरहेको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट ‘अब विश्वले चिन्ने छ नेपाल’ शीर्षकमा ६२ घण्टा १२ मिनेट लामो अन्तर्वार्ता सञ्चालन गरी विश्व कीर्तिमान बनाएका थिए । तर उक्त कीर्तिमान सन् २०२३ सेप्टेम्बर २४ मा स्लोभेनियाका बोरिस टोमासिकले ७३ घण्टा २३ मिनेट २१ सेकेन्डसम्म टक–शो होस्ट गर्दै तोडेका थिए ।

रविबाट खोसिएको विश्व कीर्तिमान पुनः नेपालमै फर्काउने लक्ष्यसहित पत्रकार पौडेल यो अभियानमा जुटेका हुन् । कार्यक्रम अवधिभर उनको स्वास्थ्य सुरक्षादेखि मनोवैज्ञानिक काउन्सिलिङसम्मको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । हालसम्म उनको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।

यसअघि गौरव पौडेललाई भेट्दा रवि लामिछानेले उक्त विश्व कीर्तिमान शोमा सहभागी हुने बताएका थिए । तर आज रवि लामिछाने कारागारबाट रिहा हुँदैछन् । उनी गौरवको यो अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने आशा गरिएको छ ।
विश्व रेकड तोड्दै गरेका गौरबले कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।