२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुलीले सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने व्यक्तिहरू विरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि उनलाई अमानवीय रूपमा गालीगलौज र बलात्कारको धम्की दिइएको थियो। उनले आफ्नो भिडियो दुरुपयोग गरी कमेन्टमा गालीगलौज गर्ने र धम्की दिने सबैविरुद्ध उजुरी दिएको जानकारी दिइन्।

उनको भनाइ अनुसार, उनले केही गलत काम नगरेको र केही पनि गलत कुरा नबोलेको भए पनि सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया प्राप्त भएको छ। अमिशाले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालमा गालीगलौज गर्ने र बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्यूरोमा उजुरी हालेका छौँ।’

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक भन्दै अभिव्यक्ति दिएकी थिइन्, जसपछि उनीमाथि सामाजिक सञ्जालमा अमानवीय तवरको गालीगलौज र साइबर बुलिङ भइरहेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।