२०८३ असार ८ गते सोमबार
२०८३ असार ८ गते सोमबार

राहदानी छपाइ प्रकरणमा आरजु राणा देउवामाथि अख्तियारले छुट्टै अनुसन्धान गर्ने

राहदानी (पासपोर्ट) छपाइका क्रममा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाउने भएको छ। आयोगले उनीविरुद्ध तत्कालै विशेष अदालतमा मुद्दा दायर नगरे पनि उनी जोडिएका विषयहरूमा थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै छुट्टै मिसिल खडा गर्ने निर्णय गरेको हो।

विशेष अदालतको हालैको फैसला र आदेशलाई समेत आधार मान्दै आयोगले राहदानीको नयाँ ठेक्का प्रक्रियामा भ्रष्टाचारजन्य कार्य भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। अख्तियार उच्च स्रोतका अनुसार, आयोगको पछिल्लो बैठकले डा. राणासँग जोडिएका कतिपय प्राविधिक र आर्थिक पक्षहरूमा थप स्पष्टता आवश्यक रहेको ठहर गरेको छ। सोही आधारमा ती विषयहरूसँग सम्बन्धित कागजातहरूको छुट्टै फाइल तयार पारेर विस्तृत अनुसन्धान गर्ने निर्णय भएको हो।

यसअघि, अनुसन्धानको सिलसिलामा अख्तियारले डा. राणालाई बयानका लागि उपस्थित हुन बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेल गरेको थियो। सो समयमा स्वास्थ्य उपचारका लागि हङकङमा रहेकी पूर्वमन्त्री राणाले आफू भौतिक रूपमा उपस्थित हुन असमर्थ रहेको जानकारी इमेलमार्फत गराएकी थिइन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।