२०८३ भाद्र १९ गते शुक्रबार
२०८३ भाद्र १९ गते शुक्रबार

त्रिशूली ३ ‘ए’ आयोजना सुरुङबाट एउटा शव निकालियो

माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ । सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले एक जनाको शव बाहिर निकालेका हुन् ।

आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरुङबाट एउटा शव निकालिएको हो । शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए ।

यसअघि उद्धार टोलीले सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ए परियोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ ।

भूमिगत विद्युत् गृह क्षेत्रमा थप व्यक्तिहरू जीवित अवस्थामा फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।