२०८३ कार्तिक १६ गते आईतवार
२०८३ कार्तिक १६ गते आईतवार

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्‍यो ७ उपसमिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सात वटा उपसमिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले विभिन्न निर्णयहरू गरेको छ।

बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न विभिन्न जिम्मेवारीसहितका उपसमितिहरू गठन गर्नुका साथै उम्मेदवारी आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन समिति सदस्यहरूको संयोजकत्वमा ७ वटा उपसमितिहरू गठन गरिएको छ । क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारको संयोजक मिलन लिम्बूलाई नियुक्त गरिएको छ ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई लक्षित गर्दै आवेदन खुला गर्ने निर्णय गरेको छ।

उम्मेदवारी दिन चाहने आकांक्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।