२०८३ कार्तिक १६ गते आईतवार
२०८३ कार्तिक १६ गते आईतवार

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्।

थापाले पार्टीको विशेष बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ ।

बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरु पुष्पा भुसाल, चन्द्र भण्डारी, मधु आचार्य, महामन्त्रीहरु प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायतलाई बोलाइएको छ ।

बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पछिल्ला घटनाबारे विशेष सम्बोधन गर्ने छन् ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै सम्बोधन कार्यक्रमबारे जानकारी दिएका हुन् । उक्त कार्यक्रममा उपस्थितिका लागि नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई हार्दिक अनुरोध समेत गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।