२०८३ मंसिर ५ गते शुक्रबार
२०८३ मंसिर ५ गते शुक्रबार

बराह सहकारी प्रकरणमा शिवकुमार विश्वकर्मा पक्राउ

धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गुरुङका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आरोप छ । उनले विश्वकर्मालाई उक्त प्रकरणका मुख्य योजनाकार भएको दाबी गर्दै अन्य संलग्न व्यक्तिको खोजी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन् ।

गृहमन्त्री गुरुङले छ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्दा सहकारीका बचतकर्ताको समस्या सुनेको उल्लेख गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै यस प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिको खोजी तीव्र पारिएको उनको भनाइ छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।