२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतले हिरासतको म्याद थप गरेको पुष्टि गरे।

सापकोटासँगै लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

प्रहरीले असोज १४ गते सापकोटालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सापकोटामाथिको अनुसन्धानका क्रममा भट्ट र श्रेष्ठको नाम जोडिएपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको थियो।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।