२०८३ मंसिर ४ गते बिहीबार
२०८३ मंसिर ४ गते बिहीबार

एनपीएल : काठमाडौंलाई ६१ रनले हराउँदै चितवन राइनोज दोस्रो क्वालिफायरमा

चितवन राइनोज राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे क्वालिफायरमा पुगेको छ। आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले दाेस्राे क्वालिफायरमा स्थान सुरक्षित गर्याे।

चितवन अब दाेस्राे क्वालिफायरमा भाेलि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । काठमाडौं भने इलिमिनेटरबाटै बाहिरिएको छ।

जितका लागि पाएकाे २०५ रनको विशाल लक्ष्य पछ्याएकाे काठमाडौं १४३  रनमा राेकियाे। जसमा विल बसिस्टाेले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४,उसामा मिरले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायाे । जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बाेपराले ५३ रन जाेडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।