दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जानकारी दिएका छन् । बीबीसीका अनुसार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको हो, जसमा करिब १८१ जना सवार थिए ।
यद्यपि, समाचार एजेन्सी एएफपीले यस घटनामा करिब २३ जनाको मृत्यु वा घाइते भएको भनेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार १७५ यात्रु र ६ चालक दलका सदस्य सवार थिए । समाचार एजेन्सी योनहापका अनुसार, दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ । योनहापले विमानको पछाडि भागबाट यात्रुहरूलाई बाहिर निकालेको भनेको छ ।









