भुकम्प पछि गोरखामा सरकारी अनुदान बिना नै दर्जनौ भवन निर्माण ।

0
249

गोरखा, ९ मङ्सिर ।  भूकम्प गएपछिको १९ महिनामा गोरखामा सरकारी लगानीबिना नै विभिन्न संरचना बनेका छन् । चारवटा स्वास्थ्य चौकी भवन, एउटा क्यान्टिलिभर पुल, पाँचभन्दा बढी भूकम्प प्रतिरोधी विद्यालय भवन बनिसकेका छन् । नयाँ र मर्मत गरेका भवनबाट ६६ वटा विद्यालय सञ्चालनमा आएका छन् ।
श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ गाविसमा भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन बनिसकेका छन् । स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवनसँगै औषधि खरिद र उपचारलाई आवश्यक पर्ने औजार खरिद गरी सङ्घसंस्थाले हस्तान्तरण गरेका छन् । चारवटै स्वास्थ्य चौकी भवन असल छिमेकी नेपाल पोखराले निर्माण गरिदिएको हो । स्वास्थ्य चौकी भवन निर्माण, औषधि र औजार खरिद गर्दा घैरुङमा रु ८६ लाख लगानी भएको असल छिमेकी पोखराका कार्यक्रम संयोजक विजय श्रेष्ठले बताए । साथै रु. ७५ लाख लगानीमा अन्यत्रका भवन पुनःनिर्माण भइसकेका छन् । सोही संस्थाले आँपपीपल स्वास्थ्य चौकी भवन पुनःनिर्माणको काम अघि बढाएको छ ।