डा केसी संग अब प्रधानमन्त्रीले नै वार्ता गर्ने ?

0
589

काठमाडौँ, १७ मङ्सिर । त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहिबार शिक्षा मन्त्रालयमा भएको वार्ता आज पुनः बस्ने गरी स्थगन भएको छ ।
सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ तथा गत १९ दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बस्नुभएका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहनुभएको थियो ।
वार्ता आज बिहान १० बजे पुनः बस्ने छ । प्रा डा केसीतर्फका प्रा डा वाग्लेले प्रधानमन्त्री र अनशनरत प्रा डा केसी दुवै जना अनशनस्थलमा आमनेसामने बसेर मात्र सम्झौता हुन सक्ने कुरा पत्रकारहरुलाई बताउनुभयो ।
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको वार्तामा संलग्न डा वाग्लेले सञ्चार खवरलाई जानकार िदिनु भयो ।