सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु।

0
334

बेजिङग, १७ मङ्सिर । शुक्रबार भएको सडक दुर्घटनामा चीनमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ। करिब २० यात्रु सवार रहेका उक्त मिनीबस चीनको मध्य प्रान्त हुबेइको इझौउबाट वहानतर्फ गईरहेको र एक तालमा खस्दाँ कम्तीमा १८ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सञ्चालित सिसिटिभीले शुक्रबार नै जानकारी दिएको हो । सडककिनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनीबस निकालेको सिसिटिभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको् जनाइएको छ । गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनको साथै अन्य ५६ वटा सवारी साधान क्षतिग्रस्त भएको थियो ।