ताइवानी राष्ट्रिपतिको बधाईले ट्रम्पलाई तनाव !

0
444

मंसिर १९ काठमाण्डौ । चीनको विदेश मन्त्रालयले अमेरिकाका राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ताइवानका नेतासँग फोन गरेकोमा विरोध गरेको छ।
चीनले ताइवानलाई छुट्टिएर रहेको प्रान्तका रुपमा हेर्ने गरेको छ।
अमेरिकाले सन १९७९ मा तय गरेको नीति अनुसार ताइवानसँग औपचारिक सम्बन्ध विच्छेद गरेको थियो।
ट्रम्पको संक्रमणकाल व्यवस्थापन समुहले ट्रम्प र साइ इङ वेनले आर्थिक राजनीतिक र सुरक्षा व्यवस्थाबारे नजिकको सम्बन्ध रहेको बारे कुराकानी गरेको बतायो।

अमेरिका ताइवानको महत्वपूर्ण मित्रदेश हो। उसले ताइवानलाई आत्मरक्षाका लागि पर्याप्त हातहतियार उपलब्ध गराउँछ।
चीनले भनेको छ ( उसले वाशिङटनसँग विरोध दर्ज गरेको बताएको छ।
चीनको राज्य नियन्त्रित समाचार संस्था सिन्ह्वाका अनुसार चीनले अमेरिकालाई चीन अमेरिका सम्बन्धमा अनावश्यक गडबडीबाट बच्न ताइवान मुद्दालाई ध्यानपूर्वक र सही तरिकाले सञ्चालन गर्न आग्रह गरेको छ।
शुक्रबार ट्रम्पले अमेरिकी चुनाव जितेकोमा बधाइ दिन साइले फोन गरेको ट्वीट गरेका थिए।

ट्रम्पको समूहका अनुसार राष्ट्रपति निर्वाचित ट्रम्पले पनि साइलाई गत ज्यानवरीमा राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिएका थिए।

अमेरिकी राष्ट्रपति या राष्ट्रपति निर्वाचितले ताइवानी नेतासँग दशकौं यता प्रत्यक्ष कुराकानी गरेका थीएनन्।
चीनलाई आक्रोशित पार्दा हुनसक्ने खतरा औंल्याउँदै समाचार प्रकाशित भएपछि ट्रम्पले ट्वीट गरे (अचम्म अमेरिकाले अरबौं डलरका हतियार बेच्न हुने र मैले बधाइ दिन गरिएको फोन स्वीकार गर्न नहुने।
ट्रम्पकी प्रवक्ताले ट्रम्प अमेरिकाको ताइवान नीतिप्रति पूर्ण सचेत भएको बताइन्।
साई डेमोक्रेटिक प्रोग्रेसीव पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित भएकी हुन्। डीपीपी चीनबाट स्वतन्त्र रहनुपर्ने पक्षधर पार्टी हो।स्रोत बिबिसी नेपाली