२०८१ माघ २६ गते शनिबार
२०८१ माघ २६ गते शनिबार

अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनको आदेश अदालतले रोक्यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विभिन्न संघ, संस्था र देशहरुलाई दिँदै आएको अनुदान, सहयोग र ऋणमा रोक लगाउनका लागि जारी गरेको कार्यकारी आदेशलाई अमेरिकाको संघीय अदालतले रोक लगाएको छ ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेश मंगलबारबाट लागू हुने भनिएको थियो । तर, यो आदेश लागू हुनुभन्दा केही मिनेट अगाडि अदालतले यो आदेशमा अस्थायी रोक लगाएको हो । ट्रम्पले जारी गरेको आदेशले अमेरिकी सरकारले नेपाललाई दिने ठूलो आर्थिक सहयोग रकम पनि रोकिने अवस्था थियो ।

अमेरिकी सरकारको तर्फबाट सहयोग पाउने संस्थाहरुको प्रतिनिधित्व गर्दै अमेरिकी संघीय अदालतमा दायर गरिएको रिटमा सुनुवाइपछि अदालतले ट्रम्पको आदेशमा अस्थायी रोक लगाएको हो । न्यायाधीश लोरेन अली खानले सुनुवाइपछि राष्ट्रपतिको आदेश अमेरिकी पूर्वीय समयअनुसार आगामी सोमबार अपरान्ह ५ बजेसम्म लागू नगर्न आदेश दिएका हुन् ।

अदालतमा दायर गरिएको रिटमा अमेरिकी सरकारको तर्फबाट पहिल्यै स्वीकृत भइसकेका सहयोगहरु रोक्ने राष्ट्रपतिको आदेशले कानुनको उल्लंघन गरेको दावी गरिएको थियो । न्यायाधीश अली खानले आफ्नो आदेशले यो रिटमाथि अर्को सुनुवाइअघि कुनै पनि लाभकारी योजना नरोकिने सुनिश्चित गर्ने बताइन् ।

यो रिटमाथि सुनुवाइ आगामी सोमबारका लागि तय गरिएको छ । र, न्यायाधीशले त्यही दिन साँझ ५ बजेसम्म राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न आदेश दिएकी छिन् । अब आगामी सोमबारको सुनुवाइपछि ट्रम्पको आदेश रोकिने वा लागू हुने भन्ने छिनोफानो हुन सक्छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।