२०८२ जेष्ठ ३२ गते शनिबार
२०८२ जेष्ठ ३२ गते शनिबार

आज २०८१ साल माघ २६ गते शनिवार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छरछिमेकीसँग पुरानो वादविवाद सुल्झिनेछ। कारोबार विस्तारका योजनाहरू बन्नेछन्। समयमा सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ सम्पर्कले लाभ मिल्नेछ। कार्यक्षेत्रमा भावुकतामा आएर गरिएका निर्णयहरूले दुःख दिनसक्छ। आफ्नो योजनालाई समयभन्दा पूर्व नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक जीवनमा मान सम्मान बढ्नेछ। घरपरिवारमा मांगलिक आयोजनले प्रसन्नता मिल्नेछ। निजी कार्यको लागि दौडधुप धेरै रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रियजनहरूबाट उपहार पाएर खुसी मिल्नेछ। यात्रा सुखमय रहनेछ। प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। साहित्यिक क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सानोतिनो कुरालाई लिएर पारिवारिक मनमुटाव रहनेछ। नयाँ निर्णय लिनुभन्दा अघि परिवारसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। सहकर्मीहरूले राम्रो साथ दिनेछन्। धनार्जनका नयाँ स्रोतहरू बन्नेछन्। सामाजिक दायित्वको निर्वहनमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साझेदारी व्यापारमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। इष्टमित्रसँगको मनमुटाव सुल्झिनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कृषि वा पशुपालनबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा शत्रुहरू हावी हुनेछन्। नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा अरुको आलोचना गर्नदेखि बच्नुहोस्। उद्योग व्यापारमा कानुन विपरीत कार्य नगर्नुहोला। घरको साज सजावटमा धन खर्च हुनेछ। आकस्मिक अतिथीको आगमनले मन हर्षित हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक वा आध्यात्मिक कार्यक्रमहरूमा सहभागी भएर मन शान्त रहनेछ। कार्यक्षेत्रमा नयाँ पद प्रतिष्ठा मिल्न सक्ला। व्यापार व्यवसायमा जोखिम लिनदेखि बच्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विद्यार्थीहरूलाई उच्च अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। महत्त्वपूर्ण कार्यहरूलाई पहिलो प्राथमिकता दिनुहोस्। वादविवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैवाहिक सम्बन्ध सुमधुर रहनेछ। कार्यक्षेत्रमा स्वरुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। जीवन साथीको पूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।