नेपाल गृहजिल्ला पुगेपछि झडप, प्रहरी र आन्दोलनकारी घाईते

0
188

रौतहट, १५ फागुन । एमाले बरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा आयोजित एमालेको कार्यक्रममाथि मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको छ । एमाले रौतहटले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर पुगेका नेता नेपालले मधेसी मोर्चाको बिरोध तथा अवरोधको सामना गर्नुपरेको हो ।

माधव नेपाल जिल्ला आउने जानकारी पाएका मोर्चाका कार्यकर्ताहरु गौरको विपी चोकमा टायर बालेर प्रदर्शनमा उत्रिएका थिए । बिपी चोकबाट ४०० मिटर पूर्वमा रहेको ब्यारेक फिल्डमा नेता नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा अवरोधका लागि प्रयासरत मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारी र प्रहरीतर्फ केहि घाइते भएका छन् ।