संघीयता, समावेशी र संविधान कार्यान्वयनको अवरोधमा लागेका पार्टी एउटै हेडक्वाटरबाट परिचालित : प्रधानमन्त्री

0
457

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता, समावेशी र संविधान कार्यान्वयनको अवरोधमा लागेका पार्टी एउटै हेडक्वाटरबाट परिचालित छन् भन्नुुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला कार्यसमिति काभ्रेले कामिडाँडामा गरेको शहीद सप्ताह कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, संविधान संशोधन र चुनाव नचाहने शक्ति एकै केन्द्रबाट परिचालन भएको आरोप पनि लागउनुभयो ।

‘एक पार्टी संविधान संशोधन हुन दिन्न भन्छ, अर्को पार्टी चुनाव हुन दिन्न भन्छ, यी दुईको कुरो के हो ?’ भन्दै प्रधानमन्त्री प्रचण्डले, ‘यी दुवै पार्टी एउटै हेडक्वाटर बाट चलेका छन् ’ भन्नुुभएको हो। उहाँले, वैशाखमा स्थानीय चुनाव नभए मंसिरमा प्रदेशको चुनाव गर्न नसकिने भन्दै, कुनै हालतमा पनि तोकिएकै बेला चुनाव गराइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । निर्वाचन आयोगले आचार संहिता लागु गरिरहँदा, प्रधानमन्त्री प्रचण्ड भने हेलिकोप्टर चढेर पार्टी कार्यक्रममा सहभागी हुनु भएको हो ।