राष्ट्र बैक भन्छ: आर्थिक अवस्था सुधारउन्मुख

0
732

चैत्र ४ काठमाडौ ।चालु आर्थिक वर्ष २०७३र७४ को पहिलो सात महिनामा कृषि, उद्योग तथा सेवा क्षेत्रमा सुधार आई मुलुकको समग्र आर्थिक गतिविधि सकारात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा वार्षिक बिन्दुगत मुद्रास्फीति दर ११ दशमलव ३ प्रतिशतबाट घटेर तीन दशमलव तीन प्रतिशत कायम भएको छ ।
त्यस्तै वार्षिक बिन्दुगत मुद्रास्फीति दर ११ दशमलव ३ प्रतिशतबाट तीन दशमलव तीन प्रतिशत कायम भएको तथा कच्चा तेलको मूल्यवृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनामा नेपालमा पनि पर्नसक्ने राष्ट्र बैंकले जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी समीक्षा अवधिमा सरकारी वित्तीय स्थितिमा सुधार आएको, राजस्व परिचालन वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदर न्यून भएकाले माघ मसान्तसम्ममा राज्यको ढुकुटीमा रु दुई खर्ब एक अर्ब ६१ करोड नगद मौज्दात रहेको छ ।

विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु १० खर्ब ७७ अर्ब ४७ करोड पुगेको र यसले १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जारी गरेको प्रतिबेदनमा उल्लेख छ ।
केन्द्रीय बैंकले जारी गरेको पहिलो सात महिनाको “मुलुकको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिको समीक्षा प्रतिवेदन” मा मौसमको अनुकुलताले फलफूल तथा तरकारीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र उत्पादनमा थप सकारात्मक देखिएको उल्लेख गरिएको छ ।
यस्तै ऊर्जा आपूर्तिमा सुधार आएकाले औद्योगिक उत्पादनमा वृद्धि, उद्योगको क्षमता र वैदेशिक लगानीमा सुधार आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा १५ दशमलव एक प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैकको प्रतिबेदन छ ।