२०८१ चैत्र ९ गते शनिबार
२०८१ चैत्र ९ गते शनिबार

स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।

उनले आज मनोनयन पत्र वितरण गरिएका उम्मेदवारले भोलि फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको बताए । उनले सबै संगठनका उम्मेदवारले मनोनयन पत्र लगेको बताए। अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि आफ्नो संगठनले सबै क्याम्पसमा मनोनयन पत्र लगेको जानकारी दिए ।

नेपाल विद्यार्थी संघका प्रवक्ता सुरज सेजुवालले सबै क्याम्पसबाट उम्मेदवारीका लागि मनोनयनपत्र लगेको बताए। अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव रोशन मगरले सबै क्याम्पसमा आफ्नो संगठनको उम्मेदवारी दर्ता गराउने बताए । स्ववियु निर्वाचन एकै दिन चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।