२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

सहरी विकास मन्त्रीलाई बालेनले भने- मलाई हराउने नाममा देशलाई नहराउनुहोला

काठमाडौं महानगर प्रमुख बालेन शाहले उप्रपधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई आफुलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका छन् ।

महानगर प्रमुख शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो कुरा बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंह ज्यु,अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल.सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।