२०८२ बैशाख ७ गते आईतवार
२०८२ बैशाख ७ गते आईतवार

भाटभटेनी लुटपाट र तोडफोडबाट जोगाउने सुरक्षा गार्डलाई सम्मान

चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुली पुरस्कृत भएका छन् ।

मंगलबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वयं उपस्थित भई दुबोको माला लगाएर पराजुलीलाई सम्मान गरे । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।

गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।