२०८२ बैशाख १२ गते शुक्रबार
२०८२ बैशाख १२ गते शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ कर्मचारीले पाएनन् तलव, उठेन फोहोर

काठमाडौं । तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कमर्चारीको समस्या समाधानका लागि पहल सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरुले तलब नपाएको भन्दै विगत १० दिनदेखि फोहोर नउठाएर विरोध जनाएकामा समस्या समाधानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पहल भइरहेको जानकारी दिए । उनले भने, ‘तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । त्यहाँबाट तलब निकासाका लागि पत्र आएमा समस्या समाधान हुन्छ । त्यसका लागि आवश्यक गृहकार्यमा छौँ ।’

विरोधका कारण विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन। यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको यात्रु कर्ण बोहराले बताए । विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि आफूहरूले तलब नपाएको गुनासो गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।