राष्ट्रपतिको भारत भ्रमण र सार्वजनिक बिदाको अर्थ ?

0
1030

नेपालको राष्ट्र प्रमुख बिदेश भ्रमणमा पहिलो पटक जाँदा होस् वा फर्किदा सार्बजनिक बिदा दिनु गणतन्त्रात्मक प्रणालीमा गलत हो । राजा र महाराजाको युग ढलेसंगै हामीले जनताको छोरा, छोरी लाई राष्ट्र प्रमुख बनाएको बिदा लिनको लागि होइन। मेरो बुझाई मा प्रचण्ड सरकारले नेपालमा नभइ भारतमा बिदाको प्रबन्ध मिलाउन सक्नु पाथ्र्यो । केहि महिना अगाडी भारतीय राष्ट्रपति नेपाल को भ्रमणमा आउदा दिएको सार्बजनिक बिदाको साटो हाम्रो राष्ट्रपति भारत जाँदा भारतमा बिदा हुने कि नहुने ? भारतीय रास्ट्रपति नेपाल आउदा भारतमा सार्बजनिक बिदा दिएको सुनियाको थियन । जर्मन चान्सलर ,अमेरिकी राष्ट्रपति,चिनिया राष्ट्रपति देश बाहिर जादा सार्बजनिक बिदा दिएको सायद सुन्न पाइएको छैन । यदि मैले नसुनेको र नेपाल सरकारले सुनेर यसो गरेको भय म गलत हुनेछु ।

नेपालको पहिलो महिला राष्ट्रपति तथा गणतान्त्रिक नेपालको दोस्रो राष्ट्रपति प्रति मेरो अगाद सम्मान र आस्था छ । सायद नेपाली जनताको भावनाको कदर गर्नु हुन्छ भने सम्माननीय राष्ट्रपति ज्यु बाट सरकारले दिएको बिदाको बिषयमा खण्डन गर्नुपर्ने हुनसक्छ । सरकारले राष्ट्रपतिको सम्मान स्वारुप बिदा घोषण गरेजस्तो मलाइ लागेको छैन ,मात्र प्रभुको आगमन भयको बेला लजास्पद छुट्टिको ढाकछोप मात्र हो कि ?

बुद्धि रेग्मी